२५, माघ पोखरा ।
पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयले शुक्रवार तेस्रो कुमुदिनीअन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ। विद्यार्थीहरूमा रहेको बौद्धिक क्षमतामार्फत् विद्यार्थी र विद्यालयबिचको असल सम्बन्ध कायम राख्ने उद्देश्यले हरेक वर्ष यस्तो कार्यक्रमको आयोजना गरिँदै आएको कुरा विद्यालय संस्थापक अध्यक्ष अशोक पालिखेले बताउनुभयो। विद्यालयका सह(प्राचार्य मन बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेट्रोपोलिटन एकेडेमीका अनुब्रत तिमिल्सिना, कृतिका तिमिल्सिना र सनिज बसौलाको समूह चौँथो स्थान हाँसिल गरी नगद रुपियाँ ३००० सहित प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ।

बाल मन्दिर माध्यमिक विद्यालयका कुशल पौडेल , स्पर्श भण्डारी र सेरिन पौडेलको समूहले तृतीय स्थान हाँसिल गरी नगद रुपियाँ ५००० सहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको छ । त्यस्तै ग्लोबल कलेजियट माध्यमिक विद्यालयका प्रणव मोहन भट्टाराई, आर्या हमाल र स्वदिप्ता खनालको समूहले द्वितीय स्थान हाँसिल गरी नगद रुपियाँ १०००० सहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको छ।त्यस्तै गरी न्यू मोडेल आवासिय माध्यमिक विद्यालयका अनिज पोख्रेल, सन्तोष आचार्य र सञ्जिता सिंहको समूह प्रथम भइ नगद रुपियाँ १५००० प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्न सफल भएको छ ।

सामाजिक विषय विभागीय प्रमुख अभिशेक विश्वकर्मा क्विजमास्टर हुनुभएको कार्यक्रममा शिक्षक भुवन गुरुङले अङ्कनको भूमिका निभाउनु भएको थियो भने कम्प्युटर विषय विभागीय प्रमुख सन्तोष ढकालको प्राविधिक सहयोग कार्यक्रम सम्पन्न भएको थियो ।