Wednesday, March 12, 2025

आजको मिति: २०८१ फाल्गुन २८ ,बुधबार

  • समाचार
  • बाल प्रतिभा
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • बाल प्रतिभा
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

मेरिल्याण्ड किड्स मन्टेश्वरीको १३औं बार्षिक उत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न

पोखरा महानगर पालिका वडा न. १५, मिलनमार्गमा रहेको मेरिल्याण्ड किड्स मन्टेश्वरीको १३औं बार्षिक उत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भयो । पोखरा १५, लक्ष्मीटोलमा रहेको लक्ष्मी बैक्वटको शभाहलमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी पोखरा महानगर पालिका शिक्षा महाशाखाका बरिष्ठ शिक्षा अधिकृत ब्रदिनाथ सुवेदी रहनुभएको थियो ।

प्रमुख अतिथि सुबेदीले बालबालिकाको समग्र बिकास तथा सफल सिकाइको लागि बिद्यालय अभिभावक र बिद्यार्थीको साथै समाजको पनि महत्त्वपूर्ण भुमिका हुने बताउनुभयो । सुबेदीले संसारका धेरै देशले पन्ध्र बर्ष मुनीका बालबालिकालाई मोबाइल तथा ग्याजेट चलाउन रोक लगाउने कानुन बनाइ त्यसको कार्यान्वयन गरिसकेको हुँदा हामीले पनि बालबालिकालाई धेरै मोबाइल चलाउन दिन नहुने र त्यसका लागि अभिभावकले पनि मोबाइल तथा ग्याजेट कम चलाउन सुझाव दिनुभयो ।

कार्यक्रमका बिशेष अतिथि एस. ओ. एस. हर्मोन माइनर गण्डकीका प्रिन्सिपल चुडामणि सुबेदीले मेरिल्याण्डले बालबालिको समग्र बिकासका लागि पारिवारिक तथा बालमैत्री वातावरणमा शिक्षा प्रदान गर्दै आइरहेको र आफू पनि मेरील्याण्ड मन्टेश्वरीको पुर्व अभिभावक भएकोमा गर्भ ब्यक्त गर्नुभयो ।
बिशेष अतिथि थ्रि स्टार टिचर एजुकेशन सेन्टर पोखराका प्रबन्ध निर्देशक तथा बरिष्ठ प्रशिक्षक प्रदीप पराजुलीले बालबालिकालाई दवाबमा पारेर नभई खुसी बनाएर सिकाउनु पर्ने कुरामा जोड दिनुभयो । बालबालिकालाई निसर्त र निस्वार्थ माया गरी खुसी राखी सिकाएमा बालबालिका मा सकरात्मक प्रभाव परि त्यो सिकाई दीर्घकालीन हुने बताउनु भयो । बालबालिकाको ९० प्रतिशत मस्तिष्कको बिकास ५ बर्ष भित्र हुने हुँदा त्यस अवधिमा बालबालिका पौष्टिक आहर, सकरामक सोच, माया , गुणस्तरीय समय प्रदान गर्नुपर्ने बताउनुभयो ।

बालबालिकाहरुले विभिन्न बीस बिधामा आफ्नो प्रस्तुति राखेका थिए । बालबालिकाले शैक्षिक मात्र नभइ अतिरिक्त क्रियाकलापमा अगाडि बढ्नुपर्ने सन्देश मुलक नाटक पनि प्रस्तुत गरेका थिए । कार्यक्रमको मुख्य आकर्षकको रुपमा बाबुछोरी र आमाछोराको संयुक्त नृत्य रहेको थियो । शिक्षिकाहरुको नृत्य र बिद्यार्थी सायोन थापा र पूर्व बिद्यार्थी बिदुषी सुबेदीले पस्तुत गरेको गित झन रौनकता थपेको थियो ।

अभिभावकको तर्फबाट नेपाल बैंक लिमिटेड अमरसिंङ शाखा प्रमुख अनिल श्रेष्ठ र कादुरि नेपालमा कार्यरत सिनियर इन्जिनियर बिपिनदिप दर्लामीले बिद्यालयले बालबालिको सिकाइ तथा समग्र बिकासमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै बिद्यालयले प्रदान गरेको सेवा तथा सुबिधाबाट सन्तुष्ट रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल कानुन ब्यावसायी परिषद गण्डकी प्रदेशका पार्षद अधिवक्ता दयाराम गौतम , सेन्ट मेरिज बिद्यालय पोखराका प्रिन्सिपल सिस्टर जेसि कालिका मा. बि. रामबजारका सहायक प्रध्यानाध्यापक लक्ष्मिकान्त अधिकारी , बाशुदेव अधिकारी र बाल अधिकार नेपालका अध्यक्ष गोमा ढकालको सहभागीता रहेको थियो ।

बिद्यालयका प्रबन्ध निर्देशक कुल प्रसाद सुबेदीको सभापतित्वमा भएको थियो । प्रबन्धक सुबेदीले बिद्यालयले अभिभावकको साथ बिश्वास र शिक्षक कर्मचारीको मेहनतले नै सफलता प्राप्त गरिरहेको बताउनुभयो साथै बालबालिका सबैका साझा भएकाले उनीहरुको समग्र बिकासको लागी अभिभावक, बिद्यालय, शिक्षक, समाज र राष्ट्र गहन भएर लाग्नु पर्ने कुरामा जोड दिनुभयो । संस्थाका संस्थापक तथा प्रिन्सिपल सीता तिमिल्सिना सुबेदीले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा बिद्यालयको पहिलो बिद्यार्थी एन्जीला अर्याल र १०० बर्षका जेष्ठ अभिभावक जग बहादुर श्रीषलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको संचालन बिद्यालयका पूर्व बिद्यार्थी बिदुषी सुवेदी र कृतिका पुरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist