‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत कक्षा २ – ८ सम्म खुल्ला चेस प्रतियोगिता सम्पन्न गरियो ।
यस चेस प्रतियोगितामा जुनियर आधारभूत तहमा कक्षा ३ का अंकित मन्ना प्रथम कक्षा ५ का सिद्धान्त के.सी. द्वितीय भएका छन् । यसैगरी सिनियर आधारभूत तहमा छात्रतर्फ कक्षा ६ का आदित्य लम्साल प्रथम र कक्षा ७ का असिम अधिकारी द्वितीय भएका छन् । भने छात्रातर्फ कक्षा ७ की प्रिस्टिना रसाइली प्रथम र सोही कक्षाकी अंकिता पौडेल द्वितीय भएका छन् ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । भने यस कार्यक्रमको सञ्चालन अतिरिक्ति क्रियाकलाप प्रमुख राजु बयलकोटीले गर्नुभएको थियो भने निर्णायक सहप्राचार्य नीलकण्ठ पौडेलले गर्नुभएको थियो ।