रिजवाटर स्कुल अमरसिँहचोक पोखराले यही फाल्गुण १७ गते शनिबार आफ्नो १४ ओैँ वार्षिक उत्सव तथा दिक्षान्त समारोह उद्योग वाणिज्य हलमा सम्मन्न गरेको छ । कार्यक्रमको सभापतित्व रिजवाटर स्कुलकि संस्थापक प्रिन्सिपल सावित्री मोक्तान थापाले गर्नुभएको थियो भने कार्यक्रममा अतिथिको रुपमा मेरिल्यान्ड मन्टेश्वरीका प्रिन्सिपल सीता तिमिल्सिना सुवेदी तथा मन्टेश्वरी एशोसियसा कास्कीका (म्याक) संस्स्थापक कोषाध्यक्ष तथा पुर्व सचिव कुल प्रसाद सुवदी, हिमाली विद्यालयकी संस्थापक लक्ष्मी गुरुङ, लिटल गार्डेन स्कुलकी प्रिन्सिपल रिता पौडेल, हेभेन्ली गार्डेन मन्टेश्वरीकी प्रिन्सिपल रिता सुवेदी , किड्स,होम मन्टेश्वरीकी प्रिन्सिपल सर्जु थापा, हेम्जा बोर्डिङ स्कुलकी जुनियर सेक्सन कोअर्डिनेटर सृजना घिमिरेको र निशिम थापा फाउन्डेसनका सल्लाहकार शोभा मोक्तानको उपस्थिति रहेको थियो ।
यसैगरी रिजवाटर स्कुलको स्थापना कालको पहिलो वर्षका विद्यार्थीहरु अमृता पोखरेल, डिसिका गुरुङ, आयुस्मा गुरुङ, तथा दिवस थापा समेत अतिथिको रुपमा उपस्थिति रहेको थियो भने वहाँहरु चारै जनाले आफ्ना मन्तव्यहरु समेत राख्नुभएको थियो भने वहाँहरुले आफ्नो जीवनको पहिलो शिक्षा नै रिजवाटर स्कुलबाट प्राप्त गर्नुभएको उल्लेख गर्दै रिजवाट स्कुल एक सामान्य स्कुलको रुपमा मात्र नभइ यसले विविध क्रियाकलापहरु समेत गर्ने बताउनु भएको थियो । उनिहरुले अभिभावकले सही बिद्यालय छानैकोमा अभिभावक प्रती आभार ब्यक्त गरेका थिए ।

कार्यक्रममा फोटोग्राफी तर्फ हेभन्ली इभेन्ट म्यानेजमेन्टका प्रमुख सफल सुवेदीले गर्नु भएको थियो । कार्यक्रममा संस्थाका संस्थापक निर्देशक प्रकाश थापाले आफ्नो मन्तव्य राखी विद्यार्थीहरुले आफ्ना अभिव्यक्तिहरु मार्फत् समाजका विभिन्न आयामहरुसँग अन्तर्कृया गर्दै आफ्नो जीवनको अर्थहरु निरन्तर खोजिरहने र यो प्रकृया अस्तित्ववादी दर्शनको आधारभूत प्रकृया रहेको बताउादै वहाँले नारायण गोपालको ”केही मीठो बात गर “ गीत समेत गिटारमा गाउनुभएको थियो ।
यसैगरी संस्थाकी प्रिन्सिपल सावित्री थापा मोक्तानले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विद्यालयले अतिरिक्त क्रियाकलापहरुमा आफूले धेरै मेहनत गर्दै विद्यार्थी हरुलाई लामो समयदेखि सहयोग गर्दै आइरहेको बताउनु भयो । प्रिन्सिपल मोक्तान र एल.के.जि.का बिद्यार्थीहरुले विभिन्न जातजातिको पोशाक सहीतको फेशन सो तथा क्याट वाक गरेका थिए।
कार्यक्रमको मुख्य सन्चालन विद्यालयकी शिक्षिका एवम् एकाडेमिक काउन्सेलर सुजाता गुरूङ तथा शिक्षिका सुविना गुरुङले गर्नुभएको थियो भने सहायक सन्चालकका रुपमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो भने कार्यक्रममा कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थी हरुले फरक फरक बिधामा राष्ट्रियता झल्कने पोशाक सहित गीत, नृत्य, लगायतका विभिन्न पस्तुतीहरु राखेका थिए यसका साथै विद्यार्थीहरुले बिद्यालयका संस्थापक स्व. निसिम थापाको सम्झनामा गित र टेकोन्डो खेलको समेत सफल एवम् उत्कृष्ट प्रदर्शन गरेका थिए ।
टेकोन्डो खेलको प्रशिक्षण राष्ट्रिय टेकोन्डो खेलाडी ब्ल्याक बेल्ट फोर्थ ड्यान मिरा गुरुङ ले गर्नु भएको थियो भने नृत्यतर्फ विभिन्न प्रतियोगिताहरुमा प्रथम स्थान गर्न सफल डान्स टिचर सृष्टि गुरुङ ले गर्नुभएको थियो ।