बिहादी गाउँ पालिका वडा न. २ बाराचौर स्थाई बसोबास भइ हाल विभिन्न पेसा व्यावसाय गरि पोखरा बस्दै आएका ब्यक्तिहरुको भेलाले प्रदीप पराजुलीको अध्यक्षतामा बाराचौर पोखरा सम्पर्क तर्दथ समिति गठन भएको छ । समितिको उपाध्यक्षमा थमनसिंह गुरुङ र पार्वती पुरी गिरी, सचिवमा नेत्र पराजुली, सहसचिवमा कमला पुरि, कोषाध्यक्षमा शारदा पराजुली र सदस्यहरुमा मंगला शर्मा, कृष्ण गुरुङ, सावित्रा शर्मा, विक्की बासेल रहेका छन । एक सदस्य पछि थपिने जानकारी पराजुलीले दिए ।

पराजुलीले समितिलाई आवश्यक प्रक्रिया पूरा गरि दर्ता गर्ने जानकारी दिए । सल्लाहकारमा लक्ष्मी पराजुली, बिष्णु पुरी र वेद पौडेल रहेका छन ।