पोखरा, २७ फागुन ।
पोखरा ७ मासबारमा रहेको मारिया मन्टेश्वरी प्रि स्कुल एण्ड चाइल्ड कियर सेन्टरको छैटौं बार्षिक उत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्य छोटो समयमै मारिया मन्टेश्वरी स्थापित शैक्षिक संस्थाको रुपमा प्रस्तुत गर्न सकेकोमा प्रशंसा गर्नुभयो । उँहाले भौतिक पुर्वाधार र संरचनाका हिसावले वडा नं.७ मा मात्र नभएर सिङ्गो महानगरपालिकाकै उत्कृष्ट मन्टेश्वरी मध्येको एक रहेको बताउनुभयो । पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बाल शिक्षका लागि विद्यालयलाई सिकाइको थलो बनाउन पर्नेमा जोड दिदै शिक्षण सिकाइ क्रियाकलापका लागि मारिया मन्टेश्वरीले आफुलाई स्थापनाकाल देखि संक्षम राखेको बताउनुभयो ।

कार्यक्रममा युकेजी कक्षाका २२ जना बालबालिका दिक्षित भए । कक्षा शिक्षक शुष्मा भट्टराई बरालले दिक्षित बालबालिकालाइ उज्वल भविष्य तथा सफलताको कामना ब्यक्त भएको थियो

शिक्षा अधिकृत राम प्रसाद तिवारीले मन्टेश्वरीले बालबालिकामा निराशा होइन आशा जोगाउदै उनिहरु भित्र रहेको प्रतिभा जगाउन उत्प्रेरणा सहितको शिक्षण शिकाइको अभ्यास गर्न पर्नेमा जोड दिनुभयो । कार्यक्रममा मन्टेश्वरी एसोशिएसन कास्कीका अध्यक्ष भवानी अधिकारी बराल, अभिभावकको तर्फबाट भोजराज तिवारी र नितु पौडेलले सुझाव सहित शुभकामना दिनुभयो । कार्यक्रमका विच प्रारम्भिक बाल कक्षा देखि कक्षा २ सम्मका स साना बाबु नानीहरुले विभिन्न सास्कृतिक भेषभुषामा शास्त्रिय संगित, नृत्य, गायन, नाटक सहित योगा लगाएतामा प्रतिभा प्रष्फुटन गरे । मन्टेश्वरीका अध्यक्ष विष्णुहरि बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रेश्मा प्रधानले स्वागत मन्तव्य राख्नुभएको थियो भने मन्टेश्वरीका प्रिन्सिपल मिना सपकोटाले मन्टेश्वरीले गरेका गतिविधिबारे जानकारी गराउनु भएको थियो

कार्यक्रको संचालन शिक्षिका चन्दा गुरुङले गर्नुभएको थियो ।