‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा वार्षिक परीक्षाको परीक्षाफल प्रकाशनको साथमा आँखा परीक्षण तथा विविध कार्यक्रम सम्पन्न गरियो ।
उक्त शिविरमा हिमालय आँखा अस्पतालले प्राविधिक सहयोग गरेका थियो । शिविरमा अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षिका, कर्मचारीका साथै स्थानीयहरुले पनि आँखा परीक्षण गराएका थिए । साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न गरिएको कार्यक्रममा शैक्षिक सत्र २०८१ मा कक्षागत रुपमा उत्कृष्ट हुने विद्याथीहरुलाई पुरस्कृत गरिएको थियो ।
उक्त कार्यक्रममा प्राचार्य कृष्णकुमार श्रेष्ठले विद्यालयको बार्षिक प्रगती प्रतिवेदन तथा शैक्षिक शत्र २०८२ को लागि कार्ययोजना राख्दै विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई अर्वाड वितरण गर्नुभएको थियो । विद्यालयका संस्थापक शम्भु कार्कीको सभापतित्वमा भएको यस कार्यक्रमको सञ्चालन शिक्षिका माया क्षेत्रीले गर्नुभएको थियो ।