Tuesday, May 6, 2025

आजको मिति: २०८२ बैशाख २३ ,मंगलवार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
कुमुदिनी होम्समा वक्तृत्वकला सम्पन्न
Next
Prev

कुमुदिनी होम्समा प्रथम एस्. ई. ई. कप सुरु

पोखरा, २६,चैत्र।
पोखरा ४ गैह्रापाटनमा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा आजबाट एसइई दिएर बसेका विभिन्न जिल्लाका ७१ विद्यालयका विद्यार्थीहरुबीच प्रथम एसइई कप २०८१ मंगलबारबाट सुरू भएकाे छ । प्रतियोगितामा फुटसल तथा बास्केटबल खेल समावेश गरिएको छ । बास्केलबल कुमुदिनी विद्यालयकै बास्केटबल कोर्टमा भईरहेको छ भने फुटसल गणेश टोलमा रहेको वि – फिट फुटसलमा खेलाईँदैछ । विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले एसइई दिएर बसेका विद्यार्थीहरुलाई समय खेर नफाल्न, सौहार्दता बढाउन तथा एकापसमा हेलमेलको मैत्रीपूर्ण वातावरण बनाउन प्रतियोगिता आयोजना गरिएको बताए । पालिखेले विद्यार्थीलाई पढाईको साथसाथै अतिरिक्त क्रियाकलापमा पनि घुलमिल गराउन अत्यन्त आवश्यक भएको बताउँदै खेलकुदको माध्यमबाट एकापसमा परिचय गराउनु पनि रहेको बताए ।


प्रतियोगितामा काठमाडौं, स्याङ्जा, लमजुङ, म्याग्दी लगायतका जिल्लाहरुबाट ७१ विद्यालयका छात्रहरू फुटसलमा सहभागी भएका छन् । बास्केटबलतर्फ ४३ विद्यालयका छात्रहरू सहभागी भएका छन् भने छात्रातर्फ ११ विद्यालयका विद्यार्थीहरू सहभागी भएका कुरा पालिखेले जानकारी दिए । फुटसलमा विजेता टोलीले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् । दोश्रोले रुपैयाँ १० हजार तथा तेस्रोले रुपैयाँ ५ हजार पाउने छन् । बास्केटबल तर्फ पुरुष विजेताले रुपैयाँ १५ हजार, दोश्रोले रुपैयाँ १० हजार र तेश्राेले रूपैयाँ ५ हजार, महिला तर्फ पनि पहिलो, दोश्रो र तेस्रो हुने क्रमश: रुपियाँ १५ हजार, रुपैयाँ १० हजार र रुपैयाँ ५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन् ।
कार्यक्रमको पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुलीले रेफ्रीलाई बल हस्तान्तरण गरी उद्घाटन गरेका थिए । सो अवसरमा उनले विद्यार्थीको पढाईको साथमा विद्यालयले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउनु सबैका लागि उदाहरणीय विषय भएको बताए ।


कार्यक्रममा प्रतियोगिताका संयोजक तथा व्यवस्थापन संकाय संयोजक विकास ढुङ्गानाले प्रतियोगितामा सहभागी खेलाडी सबैलाई आभार व्यक्त गर्दै अनुशासित भएर प्रतियोगितामा सरिक भई उत्कृष्ट खेल खेल्न अनुरोध गरे । विद्यालय व्यवस्थापन समितिका सदस्य राज बहादुर गुरुङले विभिन्न जिल्लाका ७१ विद्यालयका विद्यार्थीलाई प्रतियोगितामा सरिक गराई सौहार्दपूर्ण वातावरण बनाएकोमा विद्यालयको प्रशंसा गरे । उनले अनुशासन खेलको महत्वपूर्ण पाटो रहेकोले सो अनुसार खेल खेल्न अनुरोध गरे । उद्घाटन समारोहको कार्यक्रम विद्यालयका शिक्षक सुरेन्द्र सदिच्छाले सञ्चालन गरेका थिए । मंगलबार भएका खेलहरूमा २५ विद्यालय दाेश्राे चरणमा प्रवेश गरेका छन् । पहिलो दिनकाे दाेश्राे चरणमा प्रवेश गरेका टिमहरूमा छात्रा बास्केटबलतर्फ कुमुदिनी हाेम्स मा.वि. र विन्देश्वरी आदर्श मा.वि. , छात्र बास्केटबलतर्फ पाँच विद्यालय र फुटसलतर्फ १८ वटा विद्यालय दाेश्राे चरणमा प्रवेश गरेका छन् ।
जनप्रकाश मा.वि. र बालप्रभात बोडिङ स्कुल बिच भएको खेलमा जनप्रकाशका सुवाश सुनारले चार र सोही विद्यालयाका सुजन वि.क.ले तीन गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist