Thursday, June 26, 2025

आजको मिति: २०८२ असार १२ ,बिहीबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
विन्ध्येश्वरीमा चेस प्रतियोगिता सम्पन्न
सहकारी स्तरीकरण “प्रोटेक्ट” कार्यक्रम
Next
Prev

कोटीहोममा आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै

पोखरा २४, जेठ ।

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार २१ करोड दीप प्रज्ज्वलन हुने भएको छ । यति ठूलो दीप प्रज्वलन सम्भवतः हालसम्म कहीँ पनि नभएको आयोजकको दावी छ । मानव सेवा फाउण्डेशनका व्यवस्थापक विष्णु थापाले आआफ्नो घरबाट ज्योती लिएर दीप प्रज्ज्वलनमा सहभागी हुन भक्तजनलाई आग्रह गरेका छन् । आज बिहान १० बजे ज्योती भिजाउने र साँझ ६ बजे प्रज्ज्वलन गरिने थापाले बताए । आज निर्जला एकादशीसमेत परेकाले फूलको होली खेलिने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

संयोजक ढकालले आज कम्तीमा पनि तीन लाख ५० हजार भक्तजन कोटीहोममा आउने दावी गरे । कोटीहोममा हालसम्म २३ लाख ५० बढी भक्तजन सहभागी भएको उनले जानकारी दिए । आज लागि विभिन्न जिल्लाबाट भक्तजन बोकेर ५५ वटा गाडी शुक्रबार नै पोखरा भित्रिसकेको र दुई सय ५० वटा गाडी आउँदै गरेको उनको भनाइ छ । अन्य दिनको तुलनामा शनिबार ऐतिहासिक हुने उनको दावी छ । हालसम्म करिब सात करोड रकम सङ्कलन भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए ।

कोटीहोम दर्शनका लागि शुक्रबार चर्चित प्रेरणादायी वक्ता जगदीश शर्मा, चर्चित माता सरिता पुन मगर ९सरु माता०, भारतबाट प्रसिद्ध सन्त आलोकजी महाराजको समूह, नेपालकै कान्छी श्रीमद्भागवत वाचिका अनुराधा पाण्डे, अमेरिकाबाट सत्यदेव महाराज, व्यास समाज नेपालका उपाध्यक्ष एवं चर्चित कथा व्यास बालकृष्ण अर्याल, प्रख्यात पण्डित एवं कथावाचक भुवन घिमिरे, श्रीमद्भागवत कथा वाचिका सुधा अच्युत प्रिया सहभागी भए । सो अवसरमा सरिता पुन मगरले एक लाख रुपैयाँ सहयोग गर्दै एक बच्चाको अभिभावक बनेकी छन् । यस्तै बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ पनि कोटीहोममा सहभागी भएर एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

यसैगरी स्याङ्जा भिरकोट नगरपालिका वडा नं २ का शेरजङ् अधिकारी तथा लक्ष्मी केसी अधिकारीले १२ लाख रुपैयाँ बराबरको तीन रोपनी जग्गा दान गर्ने घोषणा गरेका छन् । कोटीहोममा भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । कोटीहोमको समयावधि थप भएसँगै उनले जेठ ३१ सम्म कथा वाचन गर्नेछिन् । कोटीहोम सफल भएको भन्दै पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंखघोष गरेका थिए भने तालबाराही मन्दिरमा एक हजार नरिवल अर्पण गरिएको थियो । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा जारी कोटीहोम जेठ ३१ सम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist