पोखरा ३१, जेठ ।
दोस्रो पोखरा महानगरपालिका वडा नं. १ विद्यालय स्तरीय छात्र∕ छात्रा बास्केटबल तथा भलिबल रनिङ शिल्ड प्रतियोगिता २०८२ मा विजेता बन्न सफल भएको छ । जेष्ठ २९ गते शुरु भएर जेष्ठ ३१ गते सम्पन्न यस प्रतियोगितामा छात्र तथा छात्रा तर्फ दुवै प्रतियोगितामा विजेता भई नगद बिस∕बिस हजार, ट्रफी, मेडल तथा सर्टिफिकेट प्राप्त गरेका थिए ।
बास्केटबल छात्र∕ छात्रा दुबै प्रतियोगितामा प्रथम भई यस वर्षको विद्यालय स्तरीय रनिङ शिल्ड पनि प्राप्त गर्न सफल भएको छ । सक्क्षम बास्तोला र विनिशा तामाङ उत्कृट खेलाडी तथा अंशु भुजेल हाई स्कोरर अवार्ड प्राप्त गर्न सफल भएका थिए । खेल प्रशिक्षक तथा व्यवस्थापन शिक्षक राजु बयलकोटी तथा खेम कार्की ले गर्नु भएको थियो।