Wednesday, June 25, 2025

आजको मिति: २०८२ असार ११ ,बुधबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
विन्ध्येश्वरीमा चेस प्रतियोगिता सम्पन्न
सहकारी स्तरीकरण “प्रोटेक्ट” कार्यक्रम
Next
Prev

एसओएस हर्मन माइनर स्कुल–पोखरामा योग प्रशिक्षण

पोखरा असार ।

अन्तराष्ट्रिय योग दिवसको अवसरमा एसओएस हर्मन माइनर स्कुल–पोखरा १५, रामबजारमा योग प्रशिक्षण कार्यक्रम सम्पन्न । दिवसको अवसरमा स्कुलमा योगका बारेमा चर्चा र योग प्रशिक्षण दिइएको थियो । अन्तर्राष्ट्रिय योग दिवसको अघिल्लो दिन हिजो स्कुलको सभाहलमा भएको योग प्रशिक्षणमा शिक्षक, विद्यार्थी र अभिभावको सहभागिता रहेको थियो । ब्रह्कुमारी इश्वरीय विश्वविद्यालय पोखरा–१७, विरौटाका सचिव राजयोगी ब्रह्कुमार शिशिर योगीले प्रमुख वक्ताको रुपमा योग र ध्यानकाबारे चर्चा गरेका थिए ।

योगीले व्यक्तीको मस्तिस्कलाई नियन्त्रण गर्ने शिक्षा नै योग रहेको बताए । विद्यालयमा अध्यन गर्ने विद्यार्थीहरुको ध्यानलाई एकिकृत गर्नका लागि योग महत्वपूर्ण शिक्षा हुने उनको भनाई थियो । यस्तै एसओएस हर्मन माइनर स्कुल–पोखराका नेपाली विषयका शिक्षक एवं योग प्रशिक्षकले योगआसनकाबारे जानकारी र अभ्यास गराएका थिए । यस वर्षको योग दिवसको नारा ” “एक पृथ्वी एक, स्वास्थ्यको लागि योग” तय गरिएको छ ।

बिद्यालयका प्रध्यानाध्यापक चुडामणी सुवेदीले मेडीटेसन विनाको जीवन अर्थपूर्ण नहुने हुँदा सबैले योगको अभ्यास गर्नुपर्ने बताए। विद्यार्थीहरुलाई योग र ध्यानमा लगाएर ध्यानपूर्वक अध्ययन गर्न र जीवनमा अनुशासित भएर जीउन सक्ने बनाउनका लागि योग शिक्षा दिइएको सुवेदीले बताए । सामाजिक संजालको प्रयोगले विद्यार्थीमा वेचैनी बढ्दै गएकाले त्यसलाई कम गर्दै अध्यात्मतर्फ जोड्ने प्रयास गरिएको उनको भनाइ छ ।

योग प्रशिक्षणमा शिक्षक, विद्यार्थी र अभिभावसहित ४ सय जनाको सहभागिता रहेको थियो । नेपाली भाषा शिक्षक तथा योग प्रशिक्षक सन्जय काफ्लेले विभिन्न योगासनहरु अभ्यास गराउनुभएको थियोे । बिद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रदिपभक्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन बिद्यालयका सहायक प्राचार्य वीर सिंह बुढाले गर्नु भएको थियो्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist