Wednesday, June 25, 2025

आजको मिति: २०८२ असार ११ ,बुधबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
विन्ध्येश्वरीमा चेस प्रतियोगिता सम्पन्न
सहकारी स्तरीकरण “प्रोटेक्ट” कार्यक्रम
Next
Prev

३९ औं अन्तर्राष्‍ट्रिय एसओएस दिवसमा विविध कार्यकम सम्पन्न

पोखरा, ९ असार ।

पोखरा ,१५, रामबजार स्थित एसओएस हरमन माइनर विद्यालय गण्डकीमा ३९ औं अन्‍तर्राष्‍ट्रिय एसओएस दिवस विभिन्न कार्यक्रम सहित मनाइएको छ । पहिलो दिन अन्तर माध्यमिक विद्यालयस्तरीय वक्‍तृत्वकला प्रतियोगिता र दोस्रो दिन “निर्जिव वस्तु चित्रकला” प्रतियोगिता आयोजना भएको छ । वक्‍तृत्वकला प्रतियोगितामा पोखरामहानगर भित्रका १२ विद्यालयको सहभागिता रहेको थियो । “सामाजिक सञ्जालः अभिषाप कि वरदान” विषयक अंग्रेजी वक्‍तृत्वकला प्रतियोगितामा शिव त्रिपाठी, नारायण प्रसाद सापकोटा र कृष्ण सुनारले निर्णायाकको भूमिका निर्वाह गरेका थिए । उक्‍त प्रतियोगितामा गण्डकी बोर्डिङ स्कुलकी एञ्जेलिना के.सी. प्रथम, शिशुनिकेतन मा।वि।की अक्रिषा पोखरेल द्वितीय, एसओएस हरमन माइनर विद्यालय गण्डकीकी स्मारिका न्यौपाने तृतीय र मदरल्याण्ड मा।बि। का विशेष बरालले सान्त्वना स्थान हासिल गरे । विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पस पोखराका अंग्रेजी शिक्षा विभागका विभागीय प्रमुख डा. नवराज न्यौपाने, प्रमुख निर्णायक शिव त्रिपाठी तथा विद्यालयका प्रधानाध्यापक चुडामणि सुवेदीले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

त्यस्तै दोश्रो दिनको “निर्जिव बस्तु चित्रकला” प्रतियोगितामा पोखराका विभिन्न २० विद्यालयहरूको सहभागिता रेको थियो । प्रतियोगिताका प्रमुख अतिथि सृजनशिल कलाकार समूहका मानार्थ सल्लाहकार, वरिष्‍ठ कलाकार गोपाल श्रेष्‍ठ थिए । प्रतियोगितामा वरिष्‍ठ चित्रकार बुद्धि गुरूङ, हरेराम जोजिजु र लोकप्रसाद गुरूङ थिए । प्रतियोगितामा करूणानीधि एजुकेसन फाउण्डेसनका प्रिन्स थापा प्रथम, सगरमाथा निकेतनका विश्वास सुवेदी द्वितीय, रेन्वो एकेडेमी होम्सका आदर्श रोका तृतीय र एसओएस हरमन माइनर मा।वि। पोखरा, घारीपाटनका तेन्जीङ लेच्सोले चौंथो स्थान हासिल गरेका थिए । प्रथम, द्वितीय, तृतीय र चौंथो हुने प्रतियोगिहरूलाई कार्यक्रमका प्रमुख अतिथि गोपाल श्रेष्‍ठ, विशेष अतिथि एसओएस बालग्राम गण्डकीका योजना निर्देशक, प्रमुख निर्णायक बुद्धि गुरूङ र विद्यालयका प्रधानाध्यापक, चुडामणि सुवेदीले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । कार्यक्रमका प्रमुख अतिथि गोपाल श्रेष्‍ठले आफ्नो मन्तव्य राख्दै एसओएस विद्यालयले चित्रकला तथा समग्र कलाकारितामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै विजयी छात्र, छात्रालाई बधाई ज्ञापन गरे ।

एसओएस बालग्रामले सन् १९८७ देखि संस्थालाई हरमन माइनरको जन्मदिन अर्थात प्रत्येक वर्ष जुन २३ तारिखलाई एसओएस दिवसका रूपमा मनाउँदै आइरहेको छ । विद्यालयका सहायक प्रधानाध्यापक प्रभाष पौडेलले स्वागत मन्तव्य राखेका थिए र अर्का सहायक प्रधानाध्यापक विर सिंह बुढाले कार्यक्रम सञ्चालन गरेका थिए साथै वक्‍तृत्वकला प्रतियोगिता कार्यक्रम सञ्चालन छात्राद्वय समृद्धि क्षेत्री र अनुपमा अघिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist