पोखरा, २३ साउन ।
पोखरा महानगरपािलका वडा नं ४, गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा कक्षा ११ का विद्यार्थीलाई स्वागत गरिएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा ११ मा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई अविर तथा खादा लगाएर स्वागत गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि कुमुदिनी होम्सका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यालयमा नयाँ विद्यार्थीलाई माथिल्लो कक्षाका विद्यार्थीले स्वागत गर्ने परम्परा रहेको बताए । उनले आफुभन्दा मुनिको कक्षाका भाईबहिनीहरुलाई विद्यालयमा स्वागत, सम्मान गर्ने संस्कार नै बसेको र उनीहरुले आयोजना गर्दै आएको बताए । यसको गर्नुको अर्थ एकअर्काबिचको चिनाजानि भाईचारा र पटनपाठनका लागि असल वातावरण निर्माणमा सहजता हुने बताए । विद्यार्थीहरु हाम्रा छोराछोरी जस्तै हुन् । अभिभावकले यहाँ अध्ययन गर्न पठाउनु भएको छ । राम्रोसंग, अनुशासित भएर पढ्नुपर्ने र त्यसका लागि केके गर्नुपर्छ विद्यालयले सहजिकरण गर्ने बताए । उनले कक्षा ११ बाटै मेहनत गरे कक्षा १२ मा उत्कृष्टता हाँसिल गर्नेमा शंका नभएको बताए । उनले त्यसपछिको अध्ययनका लागि पनि आफ्नै कलेजमा होटल म्यानेजमेन्ट, व्यवस्थापन, इएमबीएका कोर्षहरु अध्ययन गर्न पाईने बताए । उत्कृष्ट हुने विद्यार्थीलाई स्कलरसिपको व्यवस्था रहेको बताए । अध्यक्ष पालिखेले अब विद्यार्थीले सोंचको दायरा पराकिलो पार्नुपर्ने र अध्ययन गर्दै अर्थ आर्जनको उपाए अपनाउन सक्ने बताए । घरबाट खाजा खर्चका लागि दिएको थोरै रकम जोगाएर शेयरमा लगानी गर्न सक्ने र त्यसबाट भविष्यमा फाइदा लिन सकिने बताए । यसका लागि उनले विद्यार्थीका लागि छिट्टै शेयर मार्केटका एक्सपर्टलाई ल्याएर वित्तीय सचेतताको कार्यक्रम गर्ने बताए ।

सो अवसरमा पालिखेले स्टुडेन्ट एक्जेन्ज कर्याक्रम पनि चलिरहेको बताए । केहि दिन अघि नेदरल्याण्डका विद्यार्थीहरु विद्यालयमा आएका र उनीहरुसंगै फेलोसिपको कार्यक्रम भएको केहि समयपछि जापानबाट विद्यार्थी आउन लागेको बताए । यसै सन्दर्भमा उनले चीनमा जान चाहने कक्षा ११ र १२ का विद्यार्थीहरुले इच्छा जाहेर गरेको खण्डमा त्यो मौकाको फाइदा दिन सकिने बताए । कार्यक्रममा कक्षा ११ की विद्यार्थी सुवासी शर्माले कक्षा १२ का दाई दिदिहरुले आफुहरुलाई स्वागत तथा सम्मान गरेकोमा आभार व्यक्त गर्दै सुसंस्कारी विद्यालयमा अध्ययन गर्न पाएकोमा खुसी व्यक्त गरिन् । कार्यक्रममा अध्यक्ष अशोक पालिखे, गणित शिक्षक मान बहादुर भुजेल, सहप्राचार्य मुकेश अधिकारी, व्यवस्थापन संकायका संयोजक विकास ढुंगाना, विज्ञानतर्फका कृष्ण अधिकारी, विद्यालय संचालक मीना पालिखे, रश्मी पालिखे, कुशल पालिखे र कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई अविर, खादा लगाएर स्वागत गरेका थिए ।
कक्षा १२ का विद्यार्थीहरुका विभिन्न नृत्यु, लाखे नाच र सांगितीक प्रस्तुतिहरु रहेका थिए । यसअघि कार्यक्रममा सहभागि सबैलाई कक्षा १२ की छात्रा आकी क्षेत्रीले स्वागत गरेकी थिईन् । संचालन शुसिल नेपाली र इसिका कुमालले गरेका थिए ।