पोखरा, मंसिर
‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत आधारभूत तहमा अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न गरियो । अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत जुनियर तह अन्तर्गत पहेँलो सदनबाट कक्षा २ का छात्र सुगम पौडेल, कक्षा ३ की साजिया क्षेत्री र सोही कक्षाकै आरुश पाण्डे प्रथम र रातो सदनबाट कक्षा २ की छात्रा समीक्षा बास्तोला, कक्षा ३ का छात्राद्वय एन्जिला थापा र बिपासा मल्ल द्वितीय भएका छन् ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरुमा अझ बढी पढाई तथा खेलकुद सबैमा उत्तिकै लगाव होस् भन्ने हेतुले यस्ता विविध कार्यक्रमहरु हरेक शुक्रबार हुने कुरा जानकारी गराउनुभयो । कार्यक्रममा हिज्जेकर्ता शिक्षिका सिर्जना आचार्यले गर्नुभएको थियो । समय व्यवस्थापन रोजिना लगुनले गर्नुभएको थियो । भने नम्बर स्कोरर शर्मिला शर्माले गर्नुभएको थियो । यस कार्यक्रमको संयोजन अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले गर्नुभएको थियो ।













