Friday, January 30, 2026

आजको मिति: २०८२ माघ १६ ,शुक्रबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
टाइगर कपः एपीएफविरुद्ध पुलिसको सहज जित
Next
Prev

कुमुदिनी होम्समा विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

पोखरा, १ पुस
पोखरा महानगरपालिका वडा नं. ४ मा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्सको ३९ औंं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु गरिरहेको विद्यालयले जनाएको छ । गएको वर्ष जस्तै यसपालि पनि विद्यार्थी तथा विद्यालयहरुबीच भाइचाराको संस्कारमा वृद्धि तथा अपनत्वको अनुभव गराउन विद्यार्थीहरुबीच चित्रकला प्रतियोगिता आयोजना गरिएको जनाईएको छ । विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले यसपालि ५० विद्यालयका ९६ जना विद्यार्थीहरु चित्रकला प्रतियोगितामा सहभागी भएका बताए। उनीहरुले स्वतन्त्र रुपमा आफूले चाहेको विषयमा चित्रहरु बनाएका छन् ।

प्रतियोगितामा कक्षा ५ देखि ८ कक्षासम्म जुनियर र कक्षा ९ देखि १२ कक्षासम्मका सिनियर गरी दुई समूहमा प्रतियोगिता सम्पन्न भएका छन् । कलाकारहरू सुदिन श्रेष्ठ र बाबुराम बस्ताकोटी निर्णायक रहेको प्रतियोगितामा जुनियरतर्फ ज्ञानगङ्गा विद्यापीठका रविन गुरुङ प्रथम, ग्लोबल कलेजियट स्कुलका श्रेयाश गुरुङ द्वितीय र शिशु कल्याण माध्यमिक विद्यालयका सुमी गुरुङ तृतीय भएका छन् ।त्यसै गरी सिनियरतर्फ हावर्ड एकेडेमीका तेजश सुनार प्रथम,बालोदय माध्यमिक विद्यालयका मिनुका गुरुङ द्वितीय र कास्की मोडनाइज्ड एकेडेमीका एलिशा श्रेष्ठ तृतीय भएका छन् । विजेता विद्यार्थीलाई पुस ५ गते हुने विद्यालयको ३९ औं वार्षिकोत्सव समारोहमा पुरस्कार दिईने भएको छ ।

पालिखेका अनुसार हामीले कला, संस्कृतिको प्रवर्द्धनका लागि विद्यालयमै जे।के। आर्ट म्युजियम बनाएका छौं । जहाँ देशका प्रख्यात कलाकारका चित्रहरु राखिएको छ । नेपालमै १० हजार निजी विद्यालयहरुमा यस प्रकारको म्युजियम नभएको त्यो अभावलाई हामीले केही गरौं भन्ने हिसाबले स्थापना गर्‍यौँ। वार्षिकोत्सवको अवसरमा विद्यालयले कास्कीको दुर्गममा रहेका विद्यालयलाई खाजा तथा शैक्षिक सामग्री सहयोग, आश्रमहरुमा खाद्यान्न सहयोग तथा खेलकुद लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गरिएको शिक्षक सुरेन्द्र सदिच्छाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist