‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अङ्ग्रेजी संवाद कार्यक्रम सम्पन्न गरियो । आधारभूत तह (जुनियर) तर्फको संवाद प्रतियोगितामा कक्षा १ का छात्रछात्राहरु सुप्रिम थापा र आयुषा तिमिल्सिना प्रथम र श्रेयान सुनार र सनम बराइली द्वितीय भएका छन् । कक्षा २ र ३ का छात्रछात्राहरुमा एञ्जिला थापा र इभानी बास्तोला प्रथम, साजिया क्षेत्री र क्रिस्टिना बस्याल द्वितीय र सुगम पौडेल र श्रेया सवाङ्गी मगर तृतीय भएका छन् । यसैगरी कक्षा ४ र ५को समुहबाट दिया क्षेत्री र युनिका खनाल प्रथम, युविना गुरुङ र दिप्सना विश्वकर्मा द्वितीय र सौगात हमाल र सायना बुद्धाचार्यले तृतीय स्थान प्राप्त गरेका छन् ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरुमा अझ बढी पढाईतर्फ लगाव होस् भन्ने हेतुले यस्ता विविध कार्यक्रमले सहयोग हुने कुरा जानकारी गराउनुभयो । यस कार्यक्रमको निर्णायक मण्डलमा शिक्षिकाहरु अनिता थापा र कुसुम तामाङ रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षिका सिर्जना आचार्यले गर्नुभएको थियो ।













