पोखरा, पौष ।
कास्कीको काजीपोखरी स्थित कालिका बहुमुखी क्याम्पसमा ३४औ वार्षिक उत्सवको अवसरमा खेलकुद तथा अतिरीक्त क्रियाकलापहरु विहीबार सकिएको छ । कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष किरण के सीले देशको भविष्य युवाको हातमा रहेको बताउदै युवा पलायन रोक्नका लागि सवै क्षेत्रबाट पहल हुनुपर्ने बताए । उनले आफु आवद्ध के सी ग्रुप एव अन्य व्यवसायीक प्रतिष्ठानहरुमा कालिका बहुमुखी क्याम्पसमा उत्कृष्ट अंक सहित उत्तीण हुने विद्यार्थीहरुलाई क्याम्पसमा नै उपस्थित भएर रोजगारीका लागि छनौट गर्ने बताए । के सी ले विद्यार्थीहरुलाई अध्ययनका अतिरीक्त विभिन्न खेलकुद तथा सास्कृतिक क्रियाकलाप आयोजना गरेको मा इ सी ए को प्रशंसा गरे । उनले पढाइका अतिरीक्त खेलकुद कार्यक्रममा भएको उल्लेखनीय सहभागीता देखेर खुसी व्यक्त गरे । उनले क्याम्पसमा आन्तरीक खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रम पुस ०४ गते देखी शुरु भएको थियो । ७ दिन सम्म खेलकुद, हाजिरी जवाफ , कविता, निवन्ध वक्त्तित्वकला , रक्तदान नृत्य प्रतियोगिताहरु चल्यो । क्याम्पसका विभिन्न संकायका छात्र तथा छात्रा वीच भलिबल, बास्केटबल , फुटबल, टेवल टेनिस, व्याड मेन्टिन, हाइजम्प, लम्मजम्प, निवन्ध , वक्त्तित्वकला, कविता, हाजिरीजवाफ सम्पन्न भएका छन् । उक्त प्रतियोगितामा प्रथम , द्धितीय र तृतीय हुने समूहहरुलाई पुष १२ गते हुने वार्षिकोत्सव समारोहमा नगद, मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरीने क्याम्पसले जनाएको छ ।
क्याम्पसको वार्षिकोत्सवको पूर्व सन्ध्यामा कालिका टोल विकास संस्था र क्याम्पसको संयुक्त आयोजनामा भएको रक्तदानमा ५० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक मथुरा पौडेलले बताए । कार्यक्रममा रक्तसञ्चार केन्द्र रामघाटको प्रविधिक सहयोग थियो । निर्वतमान क्याम्पस प्रमुख रबीन्द्रनाथ वास्तोलाले पहिलो रक्तदाता शिक्षक संन्तोषमणी लामिछानेलाई ब्लड व्याग हस्तारण गरेर उदघाटन गरेका थिए । वार्षिकोत्सवलाई मध्यनजर गदै कालिका टोल, आमा समुह र क्याम्पस परीवार विच मैत्रीपूर्ण भलिबल तथा रस्साकसी कार्यक्रम समेत भएको थियो । यसै अवसरमा नव आगन्तुक विद्यार्थीलाई स्वागत गदै क्याम्पस प्रमुख विरन्जी गौतमले क्याम्पसलाई थप उचाईमा पुर्याउन र क्याम्पसले हासिल गरेका प्रगतीहरुमा विद्यार्थीहरुको महत्वपूर्ण भुमिका हुने बताए । क्याम्पसले विद्यार्थीहरुलाई रोजगारीको व्यवस्थापन, सिपमुलक क्षमता विकासको साथै अनुशासित नागरीक बनाउने उद्देश्य रहेको बताए । त्यस्तै गौतमले ज्ञान, सिप र अनुधान जिवनमा धेरै नै महत्तवपूर्ण रहने कुरा व्यक्त गदै क्याम्पसमा विगत लामो समय देखी अध्यापन गराउदै आएका अनुभवी शिक्षकले कितावी ज्ञानका साथमा व्यवहारीक तथा नैतिक शिक्षा प्रदान गरेको प्रमुख गौतमले बताए ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिना , युवराज गुरुङ्ग ,पूर्व विद्यार्थी मञ्चका सदस्य विष्णुमाया थापा , विद्यार्थी कल्याणकारी समितिका सचिव तेजेन्द्र के सीले नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेका थिए। शिक्षिका साम्राज्ञी थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सन्तोषमणी लामिछाने र शिशिर ज्ञवालीले गरेका थिए













