पौष ११, पोखरा ।
‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अङ्ग्रेजी संवाद कार्यक्रम सम्पन्न गरियो । आधारभूत तथा मा।वि। तह तर्फको संवाद प्रतियोगितामा कक्षा ७ का छात्राहरु सविता सुनार र सुजना सुनार प्रथम र कक्षा ६ का छात्राहरु केञ्जल जि।सी। र एलिसा न्यौपाने द्वितीय भएका छन् । कक्षा ८ र ९ का छात्रछात्राहरुमा कक्षा ८ का छात्राहरु अंकिता पौडेल र उपासना रेग्मी प्रथम, कक्षा ९ का छात्राहरु प्रिस्किला तामाङ र सुनिषा सुनार द्वितीय र कक्षा ८ का छात्रहरु विनायक गिरि र असिम अधिकारी तृतीय भएका छन् ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरुमा अझ बढी पढाईतर्फ लगाव होस् भन्ने हेतुले यस्ता विविध कार्यक्रमले सहयोग हुने कुरा जानकारी गराउनुभयो । यस कार्यक्रमको निर्णायक मण्डलमा शिक्षक होमराज अधिकारी र शिक्षिका अनिता थापा रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले गर्नुभएको थियो ।













