पोखरा, पौष ।
मन्टेश्वरी एशोसियसन कास्कीको दशौं साधारण सभा तथा पाचौँ अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भवानी बरालको अध्यक्षतामा सम्पन्न दशौँ साधारणसभा एवं पाचौँ अधिवेशनको गण्डकी विश्वविद्यालयका कुलपती प्रोफेसर डाक्टर इन्द्र प्रसाद तिवारीले उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा जिल्ला रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष उर्मिला खड्का र पूर्व अध्यक्ष मिलन केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रमुख अतिथि तिवारीले आजका बालबालीका नै भबिष्यमा देश तथा बिश्वका निर्माता हुने हुदा उनीहरुको समग्र बिकासमा मन्टेश्वरी बिद्यालयहरुको महत्वपूर्ण भूमिका रहने र यसमा तीनै तहको सरकारले रचनात्मक सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा अध्यक्ष भवानी अधिकारीले संस्थाको भावी कार्ययोजना सहितको प्रतिवेदन प्रस्तुत गरिन् । उनले आफ्नो कार्यकालमा चाइल्ड ट्यालेन्ट शो लगायतका केही महत्वपूर्ण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको बताइन् । अधिकारीले आफ्नो कार्यकालमा अभिभावक शिक्षा कार्यक्रमसँगै उत्प्रेरणात्मक कार्यक्रमहरू समेत गरिएको र शिक्षा विधेयकको विषयलाई लिएर सडकमा उत्रिएको समेत उल्लेख गरिन् । उपाध्यक्ष रितु पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रितादेवी सुवेदीले संचालन गरेको कार्यक्रममा सह सचिव तथा कार्यक्रम संयोजक थिर बहादुर थापाले धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रममा सचिव रितादेवी सुवेदीले संस्थागत प्रतिबेदन र कोषाध्यक्ष अप्सरा अधिकारीले आर्थीक प्रतीबेदन पेश गरेका थिए ।
कार्यक्रममा अध्यक्ष भवानी अधिकारीले आफ्नो कार्यकाल सफल बनाउन महत्वपुर्ण योगदान गर्ने समितीका पदाधिकारी, सदस्य तथा पूर्व पदाधिकारीहरुलाई मायाको चिनोद्धारा सम्मान गरेकी थिइन भने संस्थामा आवद्ध नया सदस्य बिद्यालयहरुलाई प्रमाणपत्र पनि बितरण गरिएको थियो ।


अधिबेशनले पोखरा २७, तालचोकमा रहेको लिटल गार्डेन मन्टेश्वरीका प्रिन्सिपल रीतु पौडेलको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिती निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा हेवन्ली गार्डेन मन्टेश्वरी पोखरा १७, विरौटा प्रिन्सिपल रीतादेबी सुबेदी, सचिवमा बुद्ध मन्टेश्वरी पोखरा १७ विरौटाका प्रिन्सिपल अप्सरा अधिकारी, कोषाध्यक्षमा पोखरा मन्टेश्वरी पोखरा १६, लामाचौर का निर्देशक थीर बहादुर थापा, सह सचिवमा प्राइम मन्टेश्वरी पोखरा ११, फुलबारीका निर्देशक बिष्णु प्रसाद घिमिरे र सदस्यहरुमा होलील्याण्ड मन्टेश्वरी प्रि स्कुल पोखरा १७, विरौटाका प्रिन्सिपल गोमा कार्की, श्री मन्टेश्वरी प्रि प्राइमारी चाइल्ड केयर सेन्टर पोखरा ४, गणेशटोलका प्रिन्सिपल संगीता न्यौपाने, बिहानी मन्टेश्वरी प्रि स्कुल पोखरा ५, प्रस्याङ्गका प्रिन्सिपल कल्पना रेग्मी, कृस्टल इन्ट्रनेश्नल मन्टेश्वरी किण्डर वल्ड पोखरा ६, जरेबरका प्रिन्सिपल रिना पौडेल, बाल सखा मन्टेश्वरी पोखरा २५, हेम्जाका निर्देशक मोहन त्रिपाठी, बिल्स मिमोसा मन्टेश्वरी स्कुल पोखरा १२, पुरानोधाराका प्रिन्सिपल बिष्णुमाया थापा जोजिजु, अक्षेर मन्टेश्वरी पोखरा ५, मालेपाटनका प्रिन्सिपल शर्मिला ताम्राकार र ह्याप्पी किड्स मन्टेश्वरी पोखरा ३०, पावरहाउसका निर्देशक दिपक राम ढेवाजु रहेका छन् ।

नव निर्वाचित अध्यक्ष पौडेलले आफु शैक्षिक गुर्णस्तर कायम गर्न र सदस्य बिद्यालयको हक हितको लागी लागी पर्ने र यसमा नव निर्वाचित समिती, पूर्व अध्यक्ष तथा पूर्व पदाधिकारीहरु र सदस्य बिद्यालयहरुबाट प्रयाप्त सहयोग हुने बिश्वास व्यक्त गरिन । उनले एशोसियसनमा आवद्ध नभएका बिद्यालयहरु एशोसियसनमा आउन आग्रह गरिन् ।


स्थापना काल देखीनै पेशागगत हक हित तथा बिभिन्न सामाजिक काम गर्दै आएको एशोसिएसन मा ५३ वटा मन्टेश्वरी बिद्यालयहरु आवद्ध रहेका छन् ।













