पोखरा, पौष ।
कास्की जिल्ला पोखरा महानगर पालिका वडा नं. २४, रैकर र पँदेराघर पुर्ख्यौली भएका र त्यहाँबाट स्याङ्जा सतौं, पर्वत र देशका अन्य विभिन्न जिल्लामा बसोबास गरिरहेका जठाथरि चुवाई सुबेदी दाजुभाइको कुलपुजा तथा सामुदायिक भवन व्यवस्थापन समितिको अध्यक्षमा बोधराज सुवेदी निर्वाचिन भएका छन् ।

चुवाई सुवेदी दाजुभाइको भेलाले पोखरा २४, कास्कीकोटको ठाडीचौरमा रहेको कुल मन्दिरमा परिसरमा सरसफाइ पछि निर्बिरोध नयाँ समिति निर्वाचिन गरेको हो । समितिको उपाध्यक्षमा बालहरी सुवेदी, सचिवमा शंकर सुवेदी (खलडाडा पर्वत) , कोषाध्यक्षमा अगन्धर सुबेदी र सदस्यहरुमा कुल प्रसाद सुबेदी, हरि प्रसाद सुबेदी, बिष्णुमाया सुवेदी, चन्द्राकन्त सुवेदी, बिष्णु प्रसाद सुबेदी, हिमाल सुवेदी (चितवन) र कृष्ण प्रसाद सुवेदी (नुवारा पर्वत) निर्वाचिच भएका छन । पाच बर्षमा गरिदै आएको कुल पुजा बिशेष परिस्थितिको सिर्जना नभएमा २०८३ साल जेठमा गर्ने योजना रहेको नव निर्वाचिन अध्यक्ष बोधराज सुबेदीले जनाए ।













