Friday, January 30, 2026

आजको मिति: २०८२ माघ १६ ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
टाइगर कपः एपीएफविरुद्ध पुलिसको सहज जित
Next
Prev

‘चियावारी’को दोस्रो शाखा सञ्चालन

गण्डकी प्रदेशको राजधानी तथा प्रमुख पर्यटकीय सहर पोखरामा पछिल्लो समय बाह्यभन्दा आन्तरिक पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ्दै गएको छ । फेवाताल, बाराही मन्दिर, माछापुच्छ्रे, बेगनास ताल, सराङ्कोट, शान्ति स्तुपा, पुम्दिकोट, डेभिज फल, गुप्तेश्वर, महेन्द्र गुफा र अन्नपूर्ण हिमशृङ्खलाको मनमोहक दृश्यले पोखरालाई देश–विदेशका पर्यटकका लागि आकर्षक गन्तव्य बनाएको छ । यही पर्यटकीय र सांस्कृतिक पृष्ठभूमिलाई मध्यनजर गर्दै पोखरामा चियाको मौलिक स्वाद र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘चियावारी’ले आफ्नो दोस्रो शाखा पोखरा महानगरपालिका–७, मासवारमा सञ्चालनमा ल्याएको छ ।

२०८२ पुस १४ गतेदेखि औपचारिक रूपमा सेवा सुरु गरिएको उक्त शाखाको शुभारम्भ भएको सञ्चालक ३० वर्षीय कुलदीप सिग्देलले जानकारी दिनु भयो ।
यसअघि पोखरा महानगरपालिका–३, नदीपुरमा २०८२ असोज ६ गतेदेखि पहिलो शाखा सञ्चालनमा आएको चियावारीले छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेपछि दोस्रो शाखा विस्तार गरिएको हो । सञ्चालक सिग्देलका अनुसार चिया नेपाली संस्कार र संस्कृतिसँग गहिरो रूपमा जोडिएको पेय पदार्थ भएकाले बिहानदेखि अतिथि सत्कारसम्म सबै वर्गका लागि स्वागतयोग्य स्थानीय स्वाद प्रस्तुत गर्ने उद्देश्यले व्यवसाय सुरु गरिएको हो ।

पोखरा–५, मासवारमा अवस्थित कटेजस्तरको सुविधा सम्पन्न घरमा सञ्चालित चियावारीमा “जहाँ चिया, त्यहाँ चियावारी” भन्ने नारासहित बिहान ७ बजेदेखि राति ९ बजेसम्म सेवा उपलब्ध छ । आरामदायी, स्वच्छ र आधुनिक वातावरणमा विभिन्न स्वादका चिया उपलब्ध गराइने सञ्चालक २३ वर्षीय उज्ज्वल सुवेदीले बताउनु भयो । चियापारखी पोखरा–१७, विरौटाका सेवाग्राही लेखनाथ सापकोटाले चियाको प्रवर्द्धन गर्ने यो प्रयास प्रशंसनीय रहेको बताउँदै युवा व्यवसायीले चियाको स्वादलाई ब्रान्डका रूपमा स्थापित गर्न सफल भएकोमा खुशी व्यक्त गर्नु भयो । यस्तै, अधिकारकर्मी तथा सामाजिक अभियन्ता गणेश भण्डारीले चियावारीले पोखरावासी मात्र नभई सिङ्गै प्रदेशवासी र पोखरा भ्रमणमा आउने पाहुनालाई समेत मौलिक स्वादको नयाँ विकल्प दिने विश्वास व्यक्त गर्नु भयो ।

सञ्चालक सिग्देलका अनुसार दुवै शाखा सञ्चालनका लागि करिब ६० देखि ६५ लाख रुपियाँ लगानी गरिएको छ भने प्रत्यक्ष रूपमा ३५ जना युवायुवतीले रोजगारी पाएका छन् । पछिल्लो समय पोखराका विभिन्न स्थानमा चिया पसलहरूको संख्या बढ्दो छ। पोखरा–१७, विरौटाकी भगवती लामिछानेले दैनिक २५०–३०० ग्राहक आउने बताउनुभयो भने राममन्दिर लाइनमा व्यवसाय सञ्चालन गरिरहेकी मिना कार्कीका अनुसार दैनिक १००–१५० जना चिया पारखी आउने गरेका छन् ।

पोखरा–७ वाईचोक, रत्नचोकस्थित चिया संसार लगायत स्थानमा पनि चिया पारखी युवायुवतीको उल्लेखनीय उपस्थिति देखिन्छ । युवाले सुरु गरेका यस्ता उद्यमशील प्रयासलाई सफल बनाउन तीनै तहका सरकारले विशेष कार्यक्रम ल्याई प्रोत्साहन र सम्मान गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । यसले वैदेशिक पलायनमा जान लागेको युवाशक्तिलाई स्वदेशमै अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist