Friday, January 30, 2026

आजको मिति: २०८२ माघ १६ ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
टाइगर कपः एपीएफविरुद्ध पुलिसको सहज जित
Next
Prev

कालिका मा.बि.रामबजारमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

पोखरा, पुष ।
पोखरा महानगर पालिका वडा नं. १०, मा रहेको कालिका माद्यामिक विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययनरत लक्षित वर्गका विद्यार्थीहरूलाई न्यानो कपडा स्वेटर, जुत्ता, मोजा, टोपी तथा ट्रयाकसुट वितरण गरिएका छ। विद्यालयले विगत बर्षहरुमा झै यस बर्ष पनि लक्षित वर्गका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको हो । विद्यालयले न्यानो कपडा वितरणको लागी न्यानो कपडा वितरण कोषको स्थापना गरि यस कार्यलाई निरन्तरता दिनको लागी कालिका मा.बि. तथा कालिका पब्लिक कलेजमा कार्यरत शिक्षक–कर्मचारीहरुबाट सहयोग संकलन सुरु गरेको बिद्यालयका प्रध्यानाध्यापक श्रीराम आचार्यले बताए ।

यसरी सुरु गरिएको अभियानमा वि. व्य. स. अध्यक्ष लगायत पदाधिकारी, पोखरा महानगरपालिका वडा नं. १० का वडाध्यक्ष, कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू विद्यालयका आसपासमा व्यावसाय संचालन व्यावसायी, समाजसेवी तथा शुभेच्छुकहरूबाट स्वतःस्फूर्त रूपमा सहयोग रकम संकलन गरिएको थियो। कार्यक्रममा कूल रु. १,३५,०६४ रकम संकलन भएको र उक्त रकमबाट ९१ जना विद्यार्थी न्यानो कपडा वितरण गरिएको विद्यालयका सहायक प्र.अ.लक्ष्मीकान्त अधिकारी जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वि.व्य.स. सदस्य नारायण श्रेष्ठ र मनोज गुरुङ्गको पनि सहभागिता रहेको थियो। अध्यक्ष थापाले कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण दाताहरूलाई धन्यवाद ज्ञापन गरे। थापाले विद्यालयले यस्ता सामाजिक कार्यहरू र विद्यार्थी लक्षित कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे ।

न्यानो कपडा वितरण कोषको लागी आवश्यक रकम संकलन गर्न विद्यालयका सहायक प्र.अ. बासुदेव अधिकारीको संयोजकत्वमा, सह–संयोजक प्राइमरी इन्चार्ज लेकमाया पुन रहने गरी पाच सदस्य रहेको उप समिति गठन गरिएको थियो । संयोजक अधिकारीले सहयोग संकलन जारी रहेकाले सहयोगी मनहरुले बिद्यालयमा आइ रकम सहयोग गर्न सकिने जानकारी दिए ।

कार्यक्रम सञ्चालन विद्यालयका सहायक प्र.अ. कुशल लामिछानेले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist