पोखरा, २२ पौष ।
गणेश श्रेष्ठ,
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारा तथा ‘स्कुल–स्कुलमा भलिवल’ खेल प्रवर्द्धन गर्ने उद्देश्यसहित । सृजना विकास केन्द्रको आयोजना तथा कास्की जिल्ला खेलकुद विकास समितिको सहकार्य एवं जिल्ला भलिबल संघ कास्कीको प्राविधिक सहयोगमा सातौँ सृजना कपू कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्ररछात्रा भलिवल प्रतियोगिता २०८२ पुस २२ देखि पोखरा रङ्गशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा शुरू भएको छ ।
गण्डकी सरकारका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले। रेफ्रि गोपाल थापालाई भलिबल हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्नु भयो । मन्त्री थापाले गण्डकी प्रदेश खेलकुदका लागि राम्रो रहेको र यस्ता खेलकुद आयोजनाले राष्ट्रिय स्तरका राम्रा राम्रा खेलाडीहरू उत्पादन गर्न थप टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । खेलकुद प्रतियोगिताले विद्यालय तहबाटै खेल प्रतिभाको पहिचान, अनुशासन, नेतृत्व र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने बताउनु भयो ।

उहाँका अनुसार खेलले अनुशासन र भाईचाराको सम्बन्ध बढाउने भनाई राख्नु भयो । खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार निरन्तर विद्यालयस्तरको खेलकुद प्रवर्द्धन र युवा प्रतिभाको संरक्षण तथा विकासमा सदैव प्रतिबद्ध रहेको प्रतिबद्धता व्यक्त गर्नु भयो । २०८२ पुस २२ देखि २४ गते सम्म संचालन हुने प्रतियोगितामा कास्की जिल्लाका सामुदायिक ९सरकारी० विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत छात्र तथा छात्राहरूको सहभागी रहेको छ । जस मध्ये छात्रतर्फ १६ र छात्रातर्फ ७ टिमको सहभागीता रहेको संस्थाका अध्यक्ष चन्द्र गिरीले जानकारी दिनु भयो । संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक बालकृष्ण बरालले प्रतियोगीताबाट छात्रछात्राहरूमा लुकेर रहेको प्रतिभालाई आफ्नो क्षमता देखाउने अवसर मिलेको बताउनु भयो ।

प्रतियोगितामा छात्र तथा छात्रा दुवैतर्फका विजेता टिमले समान १ लाख रुपियाँ, उप(विजेताले ६० हजार रूपियाँ र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई ३५ हजार रूपियाँ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। त्यसैगरी वेस्ट प्लेयरलाई रू ५ हजार रूपियाँ नगद र ट्रफी प्रदान गरिने छ । उत्कृष्ट प्रशिक्षकलाई रू दुई(दुई हजार रूपियाँ रहेको छ । त्यसै बेष्ट स्पाइकर, बेष्ट ब्लकर, बेष्ट डिफेन्डर, बेष्ट सेटर र बेष्ट सर्भर विधाका उत्कृष्ट खेलाडीलाई जनही एक (एक थान भलिवल ९छात्र(छात्रा ० प्रदान गरिने कार्यक्रम संयोजक बरालले जानकारी दिनु भयो ।

पोखरा उधोग वाणिज्य संघका महासचिव शोभा गौतम, टाईगर ग्रुप नेपालका अध्यक्ष नारायण पौडेल जिल्ला भलिबल संघ कास्कीका अध्यक्ष मिलन गुरूङ, सृजना विकास केन्द्रका सल्लाहकार सभापति लिलाधर बराल लगायतले शुभकामना व्यक्त गर्दै खेल खेल्नु ठूलो कुरा नएकाले मुख्यतया सफल खेलाडी उत्पादन गर्नु पर्ने महत्त्वपूर्ण विषय रहेको भनाइ राख्नु भएको थियोे । सृजना विकास केन्द्रका अध्यक्ष चन्द्र गिरीको अध्यक्षतामा उपाध्यक्ष बालकृष्ण बरालले स्वागत र कार्यक्रमको उदेश्य माथी प्रकाश पार्नु भएको थियोे भने संचालन पूर्व अध्यक्ष मिनप्रसाद भट्टराईले गर्नु भएको थियोे ।













