Friday, January 30, 2026

आजको मिति: २०८२ माघ १६ ,शुक्रबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
टाइगर कपः एपीएफविरुद्ध पुलिसको सहज जित
Next
Prev

बिहानी मन्टेस्वरी प्रिस्कुलमा वार्षिक खेलकुद कार्यक्रमक सम्पन्न

पोखरा, पौष ।
पोखरा महानर पालिका वडा नं. ५ प्रस्याङ रहेको बिहानी मन्टेस्वरी प्रिस्कुलमा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भयो । बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समुद्घाटन समारोह विभिन्न सांस्कृतिक कार्यक्रमसहित विद्यार्थी नानीबाबुहरूले नेपालका विभिन्न जातजातिका मौलिक भेषभूषा तथा गरगहना धारण गर्दै मार्चपास, योगा प्रस्तुत गरेका थिए। मन्टेस्वरी प्राङ्गणमा सम्पन्न भएको तीन दीनसम्म चलेको थियो ।

बिद्यालयका प्राचार्य कल्पना रेग्मीले पढाइ लेखाइका अलवा बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेलकुदको पनि उत्तिकै महत्व रहेको र खेल केवल मनोरञ्जन का लागि मात्रै खेलिने नभएर यसले बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताइन । उनले यस्ता कार्यक्रमले बालबालिकामा अनुशासन, आत्मविश्वास र सहकार्यको भावना विकास गराउने उल्लेख गरिन।

कार्यक्रममा कक्षा ३ की छात्रा अनया पण्डितले स्वागत मन्तव्य राखेकी थिइन भने कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक श्रीति पुडासैनीले गरेकी थिइन ।

तीन दिनसम्म सञ्चालन रहेको उक्त खेलकुद कार्यक्रममा बालबालिकाको उमेर समुह अनुसारका विभिन्न खेलहरुमा बिद्याथीहरुको सक्रिय सहभागीता रहेको जानकारी विद्यालयका प्राचार्यले दिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist