Friday, January 30, 2026

आजको मिति: २०८२ माघ १६ ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
टाइगर कपः एपीएफविरुद्ध पुलिसको सहज जित
Next
Prev

सातौँ सृजना कप प्रतियोगिता सम्पन्न छात्र छात्रा दुबै तर्फको उपाधी शान्त मा.वि.भकुण्डेलाइ

गणेश श्रेष्ठ, पोखरा ।

सातौँ सृजना कपू कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र र छात्रा भलिवल प्रतियोगिता २०८२ सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत छात्र तथा छात्राहरूको सहभागिता रहेको थियोे । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित तथा ‘स्कुल–स्कुलमा भलिवल’ खेल प्रवर्धन गर्ने उद्देश्यले आयोजित कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र र छात्रा भलिवल प्रतियोगिता २०८२ पुस २४ गते समापन भएको छ । २०८२ पुस २२ गतेदेखि पुस २४ गतेसम्म पोखरा रङ्गशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा सृजना विकास केन्द्रको आयोजना, कास्की जिल्ला खेलकुद विकास समितिको सहकार्य तथा जिल्ला भलिवल सङ्घ कास्कीको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको थियोे । समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सदस्य एवं नेपाली काँग्रेसका सचेतक प्रकाश बरालले विद्यालय एवं स्थानीय तहबाट उत्पादन भएका खेलाडीहरूले विभिन्न खेलमार्फत आफ्नो क्षेत्रको पहिचान स्थापित गर्न सक्ने बताउनु भयो । उहाँका अनुसार ‘खेल जित्नेभन्दा सिक्ने, हार्ने भन्दा अभ्यास गर्ने बिषय भएकाले’ यसलाई आत्मसात गर्दै अघि बढाउ तीन ओटै तहका सरकारको भूमिका महत्त्वपूर्ण हुने बताउनु भयो ।

भलिबल खेल मार्फत नेपाली खेलाडीहरूले विश्वमा नाम चिनाएजस्तै खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाउने सम्भावना रहेको उहाँको भनाइ थियो । आफू पनि खेलप्रेमी भएकाले खेललाई आगामी दिनमा अझ व्यवस्थित तरिकाले कार्य योजना बनाएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । प्रतियोगितामा छात्रतर्फ १६ र छात्रातर्फ ७ गरि २३ टिमको सहभागी रहेको संस्थाका अध्यक्ष चन्द्र गिरीले जानकारी दिनु भयो । प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ प्रथम स्थान शान्त माध्यमिक विद्यालय पोखरा १८, भकुण्डेले हात पारेको छ । गत बर्ष पनि यो विद्यालयले सोही स्थान हातपारेको थियोे ।

फाइनलमा छात्रतर्फ गौरीशंकर माध्यमिक विद्यालय, हेमजा र छात्रातर्फ कन्या मावि, नदीपुरलाई समान २–० सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो । छात्र तर्फ प्रथम स्थान हासिल गर्न सफल शान्त माध्यमिक विद्यालय पोखरा १८, भकुण्डे, दोस्रो स्थान हासिल गर्न गौरीशंकर माध्यमिक विद्यालय पोखरा २५ हेम्जा तेस्रो स्थान हासिल गर्न सफल माछापुच्छ्रे माध्यमिक विद्यालय, सार्दिखोला छात्रा तर्फ प्रथम स्थान हासिल गर्न सफल शान्त माध्यमिक विद्यालय पोखरा १८, भकुण्डे, दोस्रो स्थान हासिल गर्न कन्या माध्यमिक विद्यालय पोखरा ३ नदिपुर तेस्रो स्थान हासिल गर्न कालीका माध्यमिक विद्यालय पोखरा १० रामबजार सफल भयो ।

प्रतियोगितामा छात्र तथा छात्रा दुवैतर्फका विजेता टिमलाई समान १ लाख रूपियाँ, उप विजेतालाई ६० हजार रूपैयाँ र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई ३५ हजार रूपियाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । वेस्ट प्लेयरमा शान्त मा.वी.कै अपेक्षा सुनार र समीर विक घोषित हुँदै जनही ५ हजार रूपैयाँ नगद र ट्रफी, उत्कृष्ट प्रशिक्षक शान्तकै दिनेश चौधरीले दुई–दुई हजार रूपियाँ पुरस्कार प्रदान गरियो । साथै, विधागत उत्कृष्टलाई पनि भलिबल प्रदान गरिएको पूर्वअध्यक्ष मीनप्रसाद भट्टराईले बताए ।

छात्रातर्फ वेस्ट स्पाइकर सञ्जिता फगामी (कन्या), वेस्ट ब्लकर सृजना दर्जी (कालिका), वेस्ट सर्भर पृथ्वी गाहा (शान्त), वेस्ट सेटर सृजना श्रेष्ठ (शान्त), वेस्ट डिफेन्डर स्मारिका राना (कालिका मा.वि.) घोषित भएका हुन् । छात्रतर्फ वेस्ट स्पाइकर रिजन विक (गौरीशंकर), वेस्ट ब्लकर निश्चल विक (शान्त), वेस्ट सर्भर रोशन विक (गौरीशंकर), वेस्ट सेटर रोहन तामाङ (माछापुच्छ्रे) र वेस्ट डिफेन्डर ईश्वर तामाङ (माछापुच्छ्रे) घोषित भए ।

कार्यक्रममा नागरिक मञ्च गण्डकीका संयोजक एवं वरिष्ठ अधिकारकर्मी बिष्णु प्रसाद बरालले स्वागत मन्तव्यसँगै विद्यालय स्तरमा खेलकुद गतिविधिलाई पहिलो प्राथमिकतामा राखिएर सामाजिक संघ संस्थाले अनुशासन, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धा गर्नु प्रशंसनिय कार्य भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्नु भयो । सामाजिक अभियान्ता भिम प्रसाद पौडलले मानव जिवनमा खेलकुद युवाहरूलाई सकारात्मक एवं प्रभावकारी माध्यम भएको उल्लेख गर्दै यस्ता प्रतियोगिता र गतिविधिबाट समुदाय र स्थानीय स्तरमा युवाहरूलाई थप उर्जा मिल्ने बताउनु भयो ।

संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक बालकृष्ण बरालले छात्र र छात्राहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताउदै प्रतियोगिता आयोजना गर्न सहयोग गरेकोमा कास्की जिल्ला खेलकुद विकास समिति, सहभागी विद्यालय तथा खेलाडीहरूलाई धन्यवाद दिँदै विद्यालय स्तरीय खेलकुद सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश यस प्रतियोगिताले दिएको भन्दै सबैको साथ, सहयोग र हौसला प्रति आभार व्यक्त गर्नु भयो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग पोखराकि प्रमुख नितु गर्तौला, नागरिक मञ्च गण्डकीका सदस्य खेमप्रसाद पौडेल, सृजना विकास केन्द्रका सल्लाहकार सभापति लिलाधर बराल लगायतले प्रतियोगिताका विजयी खेलाडीहरू सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

सृजना विकास केन्द्रका अध्यक्ष चन्द्र गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक बालकृष्ण बरालले गर्नुभएको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विधार्थी,बुद्धिजीवी, युवाहरू, विभिन्न सामाजिक सङ्घ,संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist