Friday, January 30, 2026

आजको मिति: २०८२ माघ १६ ,शुक्रबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
टाइगर कपः एपीएफविरुद्ध पुलिसको सहज जित
Next
Prev

कास्कीकोटको गुन्टेचौरमा अवस्थित सिद्ध बराह आधारभूत विद्यालयले ६० औँ वर्षमा

पोखरा, पौष ।
पोखरा महानगरपालिका वडा नं. –२४ कास्कीकोटको गुन्तेचौरमा अवस्थित सिद्ध बराह आधारभूत विद्यालयले हिरक जयन्तीको मनाउने भएको छ । विद्यालय स्थापना भएको ६० औँ वर्ष पूरा भएको अवसरमा एक वर्षभरिनै विविध कार्यक्रम गरी मनाइने विद्यालयले आज पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । हिरक जयन्तीको आगामी माघ १० गते उद्घाटन हुनेछ । भने समापन विसं २०८३ माघ १० गते हुनेछ । उद्घाटन समारोह अघि प्रभातफेरी कार्यक्रम, अभिभावक, विद्यार्थी, आमासमूह, क्लव, सास्कृतिक समूह, पूर्व शिक्षकहरु, विद्यार्थीहरु, शैक्षिक, सामाजिक एवं राजनैतिक व्यक्तित्वहरुको उपस्थितीमा स्थानीय बाजागाजा, झाँकी सहित भब्य रुपमा विद्यालयको प्राङ्गणमा समुद्घाटन गरिने पूर्वविद्यार्थी लोकनाथ सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रममा विद्यार्थीहरुका प्रतिभा प्रदर्शन, पुरस्कार वितरण एवं सास्कृतिक कार्यक्रम तथा नृत्य प्रस्तुत गरिने छ । “हिरक जयन्तीलाई भव्य बनाउनका लागि हामीले प्रारम्भिक चरण, कार्यान्वयन चरण र समापन तथा मुल्यांकन गरी तीन चरणमा कार्यक्रम हुनेछ” सुवेदीले भन्नुभयो ।
प्रारम्भिक चरणमा मूल समारोह समिति तथा विषयगत उपसमिति गठन, विद्यालयको इतिहास संकलन, प्रकाशन तथा अभिलेखीकरण, स्रोत व्यवस्थापन र बजेट संकलनका कार्य गरिनेछ । यसैगरी कार्यान्वयन चरणमा शैक्षिक गोष्ठी, शिक्षक तालिम तथा कार्यशाला, विज्ञान, कला, साहित्य, खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, कक्षा कोठा, पुस्तकालय, शौचालय र खानेपानी जस्ता भौतिक पूर्वाधार सुधार तथा पूर्व विद्यार्थी र पूर्व शिक्षक पुनर्मिलन कार्यक्रम छन् ।
समापन तथा मूल्याङ्कनमा शिक्षक, कर्मचारी, पूर्व विद्यार्थी तथा दाताहरूलाई सम्मान, कार्यक्रमको समग्र समीक्षा, आर्थिक प्रतिवेदन सार्वजनिक, भावी कार्ययोजना निर्माण तथा हिरक जयन्ती स्मृति स्तम्भ अनावरण गरिने पूर्वविद्यार्थी सुवेदीले बताउनुभयो।

समावेशी, गुणस्तरीय, प्रविधिमैत्री र समुदाय केन्द्रित शिक्षा प्रदान गर्ने राष्ट्रिय नमुना आधारभूत विद्यानलय बनाउने तथा विद्यालय स्थापनादेखि हालसम्मको ऐतिहासिक यात्रा, योगदान र उपलब्धिहरूको दस्तावेजीकरण गरी स्मारिका प्रकाशन गर्नु हिरक जयन्तीको उद्धेश्य रहेको छ । यसैगरी पूर्व शिक्षक, विद्यार्थी, अभिभावक र समुदायबीच भावनात्मक सम्बन्ध सुदृढ गरी विद्यालयप्रति समुदायको अपनत्व बृद्धि गर्नु , शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयमा आवश्यक भौतिक संरचना सुधार गर्नुका साथै आर्थिक रुपमा सबल बनाउन अक्षयकोष स्थापना गर्नु रहेको विद्यालयले जनाएको छ । विद्यालयले विगत छ दशकदेखि गुण्टेचौर तथा आसपासका क्षेत्रका बालबालिकाका लागि ज्ञान, संस्कार र अवसरको उज्यालो दीप बनेर निरन्तर सेवा प्रदान गर्दै आएको विद्यालयकी प्रधानाध्यापक रिना शाहले बताउनुभयो । उहाँले सामुदायिक विद्यालयमा न्यून विद्यार्थी हुने समस्या देशव्यापी रहेको समेत उल्लेख गर्नुभयो ।

प्रअ शाहले विद्यालयमा ६२ जना विद्यार्थी र १२ जना शिक्षक कार्यरत रहेको जानकारी दिनुभयो ।ऐतिहासिक कास्कीकोट क्षेत्र, धार्मिक आस्थाको केन्द्र श्री गुप्तकालिका मन्दिरको छत्रछायाँमा, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले भरिपूर्ण परिवेशमा अवस्थित यो विद्यालय केवल पठन–पाठनको संस्था मात्र नभई समाज रूपान्तरणको एक महत्वपूर्ण आधारशिलाका रूपमा स्थापित हुँदै आएको पूर्वविद्यार्थी साजन सुवेदीले बताउनुभयो । विद्यालयले हिरक जयन्तीमा अनुमानित रु ८५ लाख ५० हजार आम्दानी हुने र रु ५५ लाख हिरक जयन्ती अक्षकोषमा जम्मा गरिने जनाएको छ । बाँकी अन्य शीर्षकमा खर्च हुने अनुमान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशिराम सुवेदीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist