Friday, January 30, 2026

आजको मिति: २०८२ माघ १६ ,शुक्रबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
टाइगर कपः एपीएफविरुद्ध पुलिसको सहज जित
Next
Prev

उपप्राध्यापक भण्डारीलाई विद्यावारिधि

पोखरा, माघ ।
पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक विष्णुप्रसाद भण्डारीलाई विद्यावारिधि उपाधि प्राप्त भएको छ । उनले “नेपालका किसानहरूको सामाजिक–आर्थिक स्तर उकास्न माइक्रोफाइनान्सको योगदान” विषयमा विद्यावारिधि गरेका हुन् । कास्की र बर्दिया जिल्लामा गरिएको यस अध्ययनले माइक्रोफाइनान्स सेवाले किसानको आय, बचत, सम्पत्ति, उद्यमशीलता, रोजगारी, आधुनिक कृषि प्रविधि, बजार पहुँच तथा सामाजिक सशक्तीकरणमा उल्लेखनीय सकारात्मक प्रभाव पारेको निष्कर्ष निकालेको छ । अध्ययनमा ग्रामीण किसानमा अनौपचारिक ऋणप्रति निर्भरता अझै कायम रहेको देखिएकाले ग्रामीण–शहरी असमानता घटाउन विशेष नीतिगत सुधार आवश्यक रहेको औंल्याइएको छ।

उक्त अनुसन्धान त्रिभुवन विश्वविद्यालय (त्रिवि) का पूर्व उपकुलपति प्रा.डा. केशरजंग बराल तथा शंकरदेव क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रा.डा. केशवराज जोशीमातहतमा रही सम्पन्न गरिएको डा. भण्डारीले बताए। त्रि.वि. व्यवस्थापन संकायका डीन प्रा.डा. महानन्द चालिसेको अध्यक्षतामा बसेको संकायको बोर्ड तथा दिल्ली विश्वविद्यालयअन्तर्गत दिल्ली स्कुल अफ इकोनोमिक्सका पूर्व डीन प्राडा सी.पी. गुप्तासहितको मूल्यांकन समितिले विद्यावारिधि उपाधि प्रदान गरेको हो । पृथ्वीनारायण क्याम्पस व्यवस्थापन संकायकै जसबहादुर गुरुङलाई पनि विद्यावारिधि उपाधि प्राप्त भएको छ।

पोखरा–२३, ठूलाखेतका भण्डारी रेडक्रस सोसाइटी युवा समिति कास्कीका पूर्व अध्यक्षसमेत हुन् । उनी विभिन्न शैक्षिक एवं सामाजिक संघसंस्थामा पनि उत्रिकै क्रियाशील छन्। उनी विगतमा पत्रकारितामा समेत क्रियाशील थिए । उनलाई विद्यावारिधि उपाधि प्राप्त भएपछि सामाजिक सञ्जालमा बधाईको लहर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist