Friday, January 30, 2026

आजको मिति: २०८२ माघ १६ ,शुक्रबार

  • समाचार
  • बाल प्रतिभा
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • बाल प्रतिभा
  • शिक्षा/स्वास्थ्य
  Latest
टाइगर कपः एपीएफविरुद्ध पुलिसको सहज जित
Next
Prev

मेरिल्याण्ड किड्स मन्टेश्वरीमा १३औँ खेलकुद दिवसको समुद्घाटन

पोखरा, ६ माघ ।

पोखरा महानगर पालीका वडा नं. १५, मिलन मार्गमा रहेको मेरिल्याण्ड किड्स मन्टेश्वरीमा १३औँ खेलकुद दिवस एक भव्य समारोहबीच समुद्घाटन गरिएको छ । मंगलबार विद्यालयको प्राङ्गणमा आयोजित उक्त खेलकुद समारोहलाई बिद्यालयका संस्थापक निर्देशक कुल प्रसाद सुबेदीले समुद्घाटन गरे ।खेलकुद दिवस समारोहको समुद्घाटनको पूर्व सन्ध्यामा बिद्यार्थीहरुले खेलकुद सम्बन्धि प्लेकार्ड सहीत टोल परिक्रमा गरेका थिए ।

बिद्यालयका संस्थापक प्रिन्सिपल सिता तिमिल्सिना सुबेदीको सभापतित्वमा भएको कार्यक्रममा बिद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक निसिता थापाले स्वागत मन्तव्य राखेकी थिइन् ।बालबालिकाको उमेर समुह अनुसार पप द वेलुन, सम रेस, स्पोन रेस, म्यूजिकल चियर, पिक अप द टोयज, वल पासिङ्ग, ब्याग प्याक, पिरामिड बनाउने, स्वुट रेस, हर्स रेस, म्याच द सेप, इन आउट, हट पोट्याटो लगायतका खेलहरु खेलाइने जानकारी अतिरिक्त क्रियाकलाप संयोजक थापाले बताइन्  । बिद्यार्थीहरुलाई हौसला प्रदान गर्न शिक्षकहरुले पनी खेलमा सहभागिता जनाएका थिए ।

प्रिन्सिपल सिता तिमिल्सिनाले बिद्यालयले स्थापना देखीनै बालबालिकाको समग्र बिकासको लागी अतिरिक्त क्रियाकलापमा जोड दिदै आइरहेको बताइन । निर्देशक सुबेदीले बार्षिक खेलकुद कार्यक्रमको सफल बनाउन खटिनुभएका शिक्षक कर्मचारीहरु प्रती आभार ब्यक्त गर्दै धन्यबाद ज्ञापन गरे । २०६८ स्थापना भई २०६९ साल देखी पठनपाठन गर्दै आइरहेको यस मन्टेश्वरीले बालबालिकाको समग्र बिकासको आधार तयार गर्न योगदान गर्दै आएको पोखरा महानगर पालीका वडा नं. १५, को पहीलो मन्टेश्वरी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist