Thursday, January 29, 2026

आजको मिति: २०८२ माघ १५ ,बिहीबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
टाइगर कपः एपीएफविरुद्ध पुलिसको सहज जित
Next
Prev

उपकार बचत तथा ऋण सहकारीले स्थापना दिवसमा मानवसेवा आश्रममा भोजन

पोखरा, माघ ।

पोखरा महानगरपालिका वडा नम्बर– ६ बैदाममा अवस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले बुधबार आफ्नो १७ औँ स्थापना दिवस मनाएको छ । सोही अवसरमा सहकारी संस्थाले पोखरा महानगर पालिका वडा नं– २५ मा रहेको मानवसेवा आश्रममा आश्रितहरूलाई बिहानको खाना खुवाएर सहकारीले स्थापना दिवस मनाएको हो । अध्यक्ष सूर्यनाथ पहारीले संस्थाले विगतका स्थापना दिवसमा सामाजिक उत्तरदायित्व अन्तरगत फेवा ताल सरसफाइ, रक्तदान कार्यक्रम का साथै विद्यालयमा न्यानो कपडा वितरण गरेका स्मरण गर्दै, यो वर्ष आश्रममा निस्वार्थ भावले नाना, खाना र छानाबाट वञ्चित भएका आश्रममा रहने बेसहाराहरूको सम्मानस्वरूप बिहानको भोजन गराउन पाएको खुशी व्यक्त गरे ।

मानव सेवा आश्रम हेम्जाका व्यवस्थापन समितिमा प्रमुख रामजी अधिकारीले संस्थाको स्थापना दिवसका अवसरमा आश्रममा आश्रित परिवारलाई खाना खुवाएर असल कर्म गरेको भन्दै, उनले कार्यक्रम सफलताको शुभकामना संगै धन्यवाद दिए । असल कर्मले समाजमा सहयोगी भावनाको विकासमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । संस्थाका अध्यक्ष सूर्यनाथ पहारीको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको थियो । सहकारीले आश्रममा आश्रित १ सय ९० जनालाई बिहानको खाना खुवाएको थियो । कार्यक्रममा उपाध्यक्ष सुन्दरराज पहारी सचिव कृष्ण कुमारी पौडेल र कोषाध्यक्ष बैकुण्ठ तिमिल्सिना लगायत संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist