Friday, January 30, 2026

आजको मिति: २०८२ माघ १६ ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
टाइगर कपः एपीएफविरुद्ध पुलिसको सहज जित
Next
Prev

एलायन्स क्लवका अन्तर्राष्ट्रिय प्रेसिण्डेन्ट सक्सेना पोखरामा, पर्यटन प्रर्वद्धनमा विश्वास

पोखरा, ९ माघ ।
एसोसियसन अफ एलायन्स क्लव अन्तर्राष्ट्रियका प्रेसिण्डेन्ट राजकुमार सक्सेनासहितको टोली पोखरा आएको छ । शुक्रबार पोखरामा हुने क्लव डिष्ट्रिक १०५५ नेपालको शुभारम्भ सहित पदस्थापन कार्यक्रममा सहभागि हुन प्रेसिण्डेन्ट सक्सेना, फाउण्डर प्रेसिण्डेन्ट तिरुपति वुढाराजु, भाईस प्रेसिण्डेन्ट राजेश्वर राव, डिष्ट्रिक १०५ साउथ मल्टिपलका डिष्ट्रिक गभर्नर उषरानी अटलुरीसहितको टोली बुधबार साँझ पोखरा आईपुगेको क्लवका प्रचार संयोजक पोषराज पौडेलले जानकारी दिए ।

टोलीलाई पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा प्रस्तावित डिष्ट्रिक १०५५ का प्रस्तावित डिष्ट्रिक गर्भनर थिरबहादुर थापा,भाईस डिष्ट्रिक गर्भनर डा. लक्ष्मण तिमिल्सीना, सिष्टर क्लवका चार्टर प्रेसिडेण्ट कल्पना थापा, चार्टर प्रेसिडेण्ट तारा पोखरेल, सिटी चार्टर प्रेसिडेण्ट कुन्दनराज शर्मा, घनश्याम ढुंगाना, शंकर खत्री, हरिबहादुर थापा, तोयानाथ अधिकारी लगायतले स्वागत गरे ।

टोलीले बिहीबार पोखराका महत्वपुर्ण पर्यटकीय र धार्मिक स्थलको भ्रमण गर्यो ।अन्तराष्ट्रिय प्रेसिण्डेन्ट सक्सेनाले पोखरा पर्यटनको अद्भुत शहर भएको बताउँदै, एउटै स्थलमा प्राकृतिक, धार्मिक र साँस्कृतिक विविधता पाउनु र त्यसको अवलोकन गर्न पाउँदा खुशी लागेको बताए । उनी सहितको टोलीले गरेको भ्रमणले पोखराको पर्यटन पर्वद्धनमा सघाउ पुर्याउने विश्वास क्लवले लिएको बताईएको छ । भारतको नयाँ दिल्लीमा मुख्य कार्यालय रहेको यस क्लवको पोखरामा शुभारम्भ सहित पदस्थापन हुन लागेको डिष्ट्रिक गभर्नर थापाले जानकारी दिए ।शुक्रबार पस्र्याङ स्थित ताज महल ईभेन्ट सेन्टरमा हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको र पोखरा बाहिरका सदस्य पनि पोखरा आई पुगेको डिष्ट्रिक गभर्नर थापाले बताए ।

यो नेपालमा पहिलो पुर्ण डिष्ट्रिक हुने उनले जानकारी दिए । कार्यक्रममा काठमाण्डौं, तनहुँ,कास्की लगायतका क्षेत्रबाट एलायन्स सदस्यले सहभागिता जनाउने छन् । पोखरामा पहिलो पटक गठन भएको सो क्लवलाई डिष्ट्रिक १०५ साउथ मल्टिपल स्पोन्सर गरेको छ । मानविय तथा सामाजिक कार्यमा क्रियाशील क्लवको यस डिष्ट्रिक मार्फत पोखरामा करिव ४० वटा क्लव गठन गरिने पोखरा सिटी चार्टर प्रेसिडेण्ट कुन्दनराज शर्माले जानकारी दिए । क्लवले भारतका विभिन्न ठाउँमा जेष्ठ नागरिक केन्द्र, क्यान्सर केयर हस्पिटल, बालबालिका हेरचाह केन्द्र लगायतका सामाजिक सेवा संचालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist