पोखरा माघ ।
सरस्वती पूजा (श्रीपञ्चमी) माघ शुक्ल पञ्चमीका दिन विद्या, बुद्धि, कला र संगीतकी देवी सरस्वतीको पूजा(आराधना गरी देशभर मनाइने प्रमुख पर्व हो। यस दिनलाई वसन्त ऋतुको सुरुवात (वसन्त पञ्चमी) मानिन्छ। विद्यार्थी, कलाकार र शिक्षकहरूले कलम, कापी, वाद्ययन्त्र आदिको पूजा गर्छन् र बालबालिकालाई अक्षराम्भ ९अक्षर चिन्न सुरु० गराउने चलन छ। यसै मान्यताअनुसार पोखरा महानगरपालिका वडा नं ४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयमा सरस्वती पूजा र आरती भव्यताका साथ सम्पन्न भएको छ ।

विगतमा जस्तै यसपालि पनि फेवाताल बाराही घाटका आरती टोलीका पण्डितहरू निगम उपाध्याय , परागत तिमिल्सिना , अर्जुन पौडेल र सहदेव न्यौपानेको टोलीले आरती प्रस्तुत गरेका थिए । विद्यार्थी तथा अभिभावकहरूको बाक्लो सहभागिता रहेको पूजामा तथा आरतीमा मन्टेश्वरीका विद्यार्थीहरूले सरस्वती मन्त्रोच्चारण गरेका गरेका थिए भने कक्षा ९ का विद्यार्थीहरू आभना विश्वकर्मा र एन्जिला गुरुङले सरस्वतीको महिमाका बारेमा कविता वाचन समेत गरेका थिए । त्यस्तै सरस्वती वन्दनामा विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए । अक्षरारम्भका लागि शुभ मानिने भएकाले पनि यस अवधिमा करिब दुई दर्जन बालबालिकाहरू अक्षरारम्भ कार्यक्रममा सहभागी भएको कुरा मन्टेश्वरी इन्चार्ज अमृता आलेले जानकारी दिनुभयो ।













