Friday, January 30, 2026

आजको मिति: २०८२ माघ १६ ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
टाइगर कपः एपीएफविरुद्ध पुलिसको सहज जित
Next
Prev

टाइगर कपः एपीएफविरुद्ध पुलिसको सहज जित

पोखरा माघ ।

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल एपीएफविरुद्ध सहज जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुलिसले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट २५–२२, दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–१५ ले जित निकाल्यो । अब आजको अन्तिम खेल त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ भिड्नेछन् ।

यसअघि आजै भएको महिलातर्फका खेलमा न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लबले जित निकालेका थिए । न्यू डायमण्डले थाइल्याण्ड क्विन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । यस्तै पुलिसले एपीएफविरुद्ध ३–० को सोझो सेटको जित निकालेको थियो । महिलातर्फको उपाधिका लागि न्यू डायमण्ड र पुलिसले प्रतिष्पर्धा गर्नेछन् । तेस्रो स्थानका थाइल्याण्ड क्विन्स र एपीएफ भिड्नेछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist