पोखरा, माघ ।
पोखरा महानगर पालिका वडा नं. १०, रामबजारमा रहेको कालिका पब्लिक कलेजको प्रध्यापक संघमा सरस्वती पौडेल निर्वाचित हुनुभएको छ । कलेजमा अध्यापनरत प्रध्यापकहरुको भेलाले सात सदस्यीय प्रध्यापक संघ कालिका पब्लिक संघ निर्वाचित गरेको हो । संघको उप सभापतिमा नारायण प्रसाद अधिकारी, सचिवमा संजिवबाबु पौडेल कोषाध्यक्षमा तारादेबी पराजुली र सदस्यहरुमा क्रमश रमेशराज बराल, दिब्यराज अधिकारी र लक्ष्मण के.सी. निर्बिरोध निर्वाचित हनुभएको छ ।
निर्वाचन समितिका संयोजक रेशमलाल अधिकारी रसदस्यहरुमा पिताम्बर गौतम र मायाकुमारी थापा रहनुभएको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक रेशमलाल अधिकारीले सफतग्रहण गराउनु भएको थियो । प्रध्यापक संघका अध्यक्ष सुदर्शन पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको पहीलो सत्रको संचालन सचिव नारायण प्रसाद अधिकारीले गर्नु भएको थियो । नवनिर्वाचित अध्यक्षले आफू कलेजलाई शिरमा राखी प्रध्यापकहरुको पेशागत हक हित र शैक्षिक गुणस्तर वृद्धिको लागि निस्वार्थ रुपले लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।













