Wednesday, February 18, 2026

आजको मिति: २०८२ फाल्गुन ६ ,बुधबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
Next
Prev

निस्सिम थापा एजुकेसन स्कुलको १५ ओेैं अभिभावक दिवस तथा अवार्ड वितरण कार्यक्रम सम्पन्न

पोखरा, फागुन ।
पोखरा महानगर पालिका वडा नं. १०, अमरसिंहचोकमा रहेको निस्सिम थापा एजुसकेसन स्कुलले १५ओैँ अभिभावक दिवस तथा निस्सिम थापा एम ए सोसिओलोजी अवार्ड वितरण कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका शिक्षा शाखाका विशिष्ट शिक्षा अधिकृत श्री कृष्ण प्रसाद भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख श्री प्रकाश थापाले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो भने संस्थाकी संस्थापक प्रिन्सिपल श्री सावित्री थापा मोक्तानको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथिद्वारा पानसमा बत्ती बाली गरिएको थियो भने कार्यक्रममा विद्यार्थी लगायत सम्पूर्ण अभिभावकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सहभागी तथा अतिथिहरुमा सोसल पब्लिक स्कुलका संस्थापक प्रबन्ध निर्देशक खिम गुरुङ, नवदीप इंग्लिस बोर्डिङ स्कुलकी संस्थापक प्रिन्सिपल कौशल्या गुरुङ, मन्टेश्वरी एशोसियसन कास्कीका संस्थापक अध्यक्ष तथा फुलबारी मन्टेश्वरी कटेजकी संस्थापक प्रिन्सिपल अरुणा शेरचन, मेरिल्याण्ड मण्टेश्वरीकि संस्थापक प्रिन्सिपल सीता तिमिल्सिना सुवेदी, साकुरा मण्टेश्वरीकी संस्थापक प्रिन्सिपल शर्मिला श्रेष्ठ, मन्टेश्वरी एशोसियसन कास्कीका अध्यक्ष तथा लिटल गार्डेन स्कुलकी संस्थापक प्रिन्सिपल रिता पौडेल, क्रिष्टल मन्टेश्वरीकी संस्थापक प्रिन्सिपल रिना पौडेल, ड्रिमल्यान्ड मन्टेश्वरीकी संस्थापक सावित्री गुरुङ, कार्यक्रममा सहभागी हुनुभई दिक्षित विद्यार्थीहरुलाई सर्टिफिकेट वितरण गर्नुभएको थियो ।

साथै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुमा बिष्णु श्रीस राना , सरिता गुरूङ तथा पोमनपा वार्ड नं. १० का तर्फबाट श पूर्ण चन्द्र न्यौपाने सहभागी रहनु भएको थियो । त्यसैगरी लावण्य इन्टरनेसनलका तर्फबाट प्रशिक्षकहरु अनिता थापा तथा अर्चना सुवेदी सहभागी रहनुभएको थियो भने गण्डकी प्रदेश स्पोर्ट्स काउन्सिलका प्रमुख सुनबहादुर लामाको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट विशिष्ट शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारीले आफ्नो मन्तव्य राख्नुभएको थियो । विद्यालयले पढाईका अतिरिक्त सङ्गीत, नृत्य, टेक्वोन्डो , गीत लगायतका अतिरिक्त कृयाकलापहरुमा विद्यार्थीहरुले उत्कृष्ट प्रदर्शन गरेकोमा विद्यालय तथा सम्पूर्ण शिक्षकहरुलाई धन्यवाद दिनुभएको थियो ।

विद्यालयले कार्यक्रममा निस्सिम थापा फाउन्डेसनको सहभागितामा यसवर्ष निस्सिम थापा एम ए सोसिओलोजी अवार्ड तथा नगद पुरस्कार पृथ्वी नारायण क्याम्पस एम ए सोसिओलोजी तर्फका उत्कृष्ट नतिजा ल्याउन सफल गोविन्द सापकोटालाई प्रदान गरेको थियो । उक्त अवार्ड प्रमुख अतिथि कृष्ण प्रसाद भण्डारीले वितरण गर्नुभएको थियो । निस्सिम थापा फाउन्डेसनका तर्फबाट कोषाध्यक्ष सागर क्षेत्री र सदस्यहरुमा सुरज थापा, प्रदीप पौडेल तथा राजु बहादुर थापा र सल्लाहकार श्री शोभादेवी मोक्तानको साथै फाउन्डेसनका अन्य साधारण सदस्यहरु संगीता मोक्तान, विजय मोक्तान, निल कुमारी तिवारी, पुरुषोत्तम कुँवर, शशी थापा, मलिका गुरुङ, न्यान्सी गुरुङ तथा सुबिन राना उपस्थित रहनुभएको थियो ।

यस बाहेक निस्सिम थापा एजुकेसन स्कुल स्थापनाकालको दोस्रो वर्षका विद्यार्थीहरु आनन्द श्रेष्ठ, अनिशा पौडेल, अभिनव गुरुङ , विनम्र केसी तथा दिपाङ्कर क्षेत्रीलाई वहाँहरुको अभिभावकहरुको उपस्थितिमा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयकी शिक्षिकाहरु दीपशिखा बिक, सपना गुरुङ, शुसाङ्ग थापा, ममता तामाङ, मोनिका बराल, प्रतीक्षा गुरुङ, प्रेरणा रानाभाट, बबिता खड्का, शीतल विश्वकर्मा, रुपा नेपाली, मनिषा गुरुङ तथा रोजिना खातुनले सामुहिक नृत्य प्रस्तुत गर्नुका साथै नृत्य शिक्षक सृष्टि गुरुङले एकल नृत्य प्रस्तुत गर्नुभएको थियो भने टेक्वोन्डो प्रशिक्षक मीरा गुरुङद्वारा प्रशिक्षित विद्यार्थीहरुद्वारा टेक्वोन्डो खेल प्रदर्शन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist