Sunday, March 15, 2026

आजको मिति: २०८२ चैत्र १ ,आईतवार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
पोखरामा स्कुटर दुर्घटना, एक युवतीको मृत्यु
Next
Prev

स्वस्छ वातावरणका लागि फोहोर व्यवस्थापन ः कालिका बहुमुखी क्याम्पसमा सचेतना कार्यक्रम सम्पन्न

चैत्र, १ पोखरा ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा पोखरा महानगरपालिका–१४, काजीपोखरी स्थित कालिका बहुमुखी क्याम्पसमा फोहोर व्यवस्थापन तथा वातावरणीय प्रभावसम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । स्वच्छ वातावरण निर्माण तथा दिगो फोहोर व्यवस्थापनका उपायबारे समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम क्याम्पसका सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख प्राध्यापक विरञ्जी गौतम, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरू, अभिभावक, स्थानीय सरोकारवालाहरू, विभागीय प्रमुख, प्रसासकिय प्रमुख लगायतको उपस्थिति रहेको थियो । क्याम्पस प्रमुख प्राध्यापक बिरन्जी गौतमले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो । उहाँले पछिल्लो समय बढ्दो शहरीकरण, जनसंख्या वृद्धि तथा उपभोग प्रवृत्तिका कारण वातावरणीय समस्या गम्भीर बन्दै गएको उल्लेख गर्दै फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन सामुदायिक स्तरबाटै पहल आवश्यक रहेको बताउनुभयो । घरधुरीदेखि नै फोहोरको उचित वर्गीकरण र व्यवस्थापन गर्न सके वातावरण संरक्षण, सार्वजनिक स्वास्थ्य सुधार तथा नगर व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कालिका टोल विकास संस्थाका उपाध्यक्ष तथा समाजसेवी दीपक रेग्मीले फोहोर व्यवस्थापनका विभिन्न पक्षबारे आफ्नो धारणा राख्नुभयो । उहाँले घरायसी फोहोरलाई जैविक र अजैविक गरी छुट्याएर व्यवस्थापन गर्न सके नगरपालिका माथि पर्ने व्यवस्थापनको भार कम गर्न सकिने बताउनुभयो । साथै फोहोरको प्रकृति, त्यसको पुनःप्रयोग तथा उचित व्यवस्थापनका उपायहरूबारे जानकारी दिन यस्ता कार्यक्रमहरू प्रभावकारी हुने उल्लेख गर्नुभयो । कार्यक्रममा वातावरण सम्बन्धी विषयमा बसन्त बरालले प्रस्तुतीकरण दिनुभएको थिया े। प्रस्तुतीकरणका क्रममा उहाँले पोखरा महानगर क्षेत्रमा दैनिक करिब १९० टन फोहोर उत्पादन हुने तथ्य प्रस्तुत गर्दै त्यसको करिब ७० प्रतिशत भाग जैविक फोहोर हुने जानकारी दिनुभयो । उहाँका अनुसार जैविक फोहोरलाई कम्पोस्टिङ प्रक्रियामार्फत प्रशोधन गरी उपयोगी मलमा रूपान्तरण गर्न सके वातावरणीय प्रदूषण घटाउनुका साथै कृषिमा पनि योगदान पुग्ने उल्लेख गर्नुभयो । साथै कार्यक्रममा घरायसी फोहोरका प्रकार, कम्पोस्ट मल बनाउने विधि तथा समुदायको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रमका सहभागीहरूले आफ्ना घर, टोल तथा समुदायमा कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै टोल तथा नालाहरूमा जम्मा हुने फोहोर व्यवस्थापनका लागि आवश्यक स्थानमा जाली राखेर फोहोर संकलन तथा व्यवस्थापन गर्ने विषयमा पनि सामूहिक प्रतिबद्धता जनाइएको थियो ।

कार्यक्रमको अवसरमा क्याम्पस प्रशासनका तर्फबाट सहभागीहरूलाई वातावरण संरक्षण अभियानलाई व्यवहारमा लागू गर्न सहयोग पुग्ने उद्देश्यले ८५ थान डस्टबिन वितरण गरिएको जानकारी क्याम्पसका शिक्षा विभाग प्रमुख लोकनाथ सुवेदीले जानकारी दिनुभयो । कार्यक्रमको समापन गर्दै सभापति तथा क्याम्पसका सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाले फोहोरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गरेर व्यवस्थित रूपमा व्यवस्थापन गर्न सके घरदेखि टोल, शहर हुँदै राष्ट्रिय स्तरसम्म स्वच्छता अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन क्याम्पसका सहायक क्याम्पस प्रमुख युवराज गुरुङले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist