Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

सिमसार क्षेत्र फेवाताल जोगाउन माग गर्दै प्रदर्शन

तालको अस्तित्वसँग जोडिएको फेवातालको मुहानको ढाप, दलदल क्षेत्र पुरेर स्थानीयले धमाधम घडेरी बनाउन थालेपछि पोखराको सिमसार क्षेत्रको अस्तित्व नरहने हो कि भन्ने चिन्ताको विषय बनेको छ ।पोखरेली जेठोबुढो धानको पकेट क्षेत्र समेत रहेको फेवा फाँट यति बेला धमाधम पुरिएको छ । पहिला डुंगा घाट रहेको पामे नजिकै घाट समेत पुरेर अहिले घडेरी बनेको छ । यसरी पानीको घोल,दलदल,सिम क्षेत्र पुरिदा वर्षायाममा यस्ता घोल,सिमसार क्षेत्रमा फैलन माटो, गेग्रयान समेत सोझै बगेर तालमा पुग्दा ताल पुरिने क्रम तीब्र बनेको छ ।
वर्षायामको मुखमा ताल मुहानको सिमसार पुरिदा ठूलो पानी पर्दा आलो माटो तालमा पुगेर ताल पुरिने अवस्था रहेको छ । तालको अस्थित्वसँग जोडिएको विश्व रासमसार सूचीमा सूचिकृत ताल पुरेर घडेरी बन्ने क्रम तीब्र बढेकाले स्वस्फूर्त रुपमा युवाहरु सिमसार संरक्षणका लागि दबाब दिन सडकमा उत्रन परेको अभियान्ता मध्येका एक इञ्जिनियर दिपक सुवेदीले बताए ।
युवाहरु पोखराको फेवाताल किनार हल्लनचोकमा भेला भएर नो लेक नो लेकसाइड, फेवाको अस्थित्व मास्ने गरी फेवा सिमसार पुर्न पाइँदैन,ताल मास्नेलाई कारवाही गर लगायतका नारा लेखिएका प्लेकर्ड लिएर प्रदर्शनमा उत्रेका थिए । प्रदर्शन निरन्तर जारी रहने सुवेदीले बताए ।
यसअघि वातावरण संरक्षणका लागि महाअभियन कास्की र नागरिक समाज कास्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेटेर सिमसार पुर्ने काम तत्काल रोकेर फेवाताल संरक्षणका लागि पहल गर्न अनुरोध गरेका थिए ।
तालको सिरानका घोल, दलदल क्षेत्र, मुल पुरेर घडेरी बन्दा ताल सुक्ने र तालको मुख्य स्रोत हर्पन खोला प्रदूषण बढीरहेकोले सिमसार पुर्ने क्रम तत्काल रोक्न मुख्यमन्त्रीसँग अनुरोध गरिएको वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलले बताएका छन् ।
यस्तो संवेदनशिल विषयलाई पुरेर घर बनाउदा, सटर राख्दा फेवातालको अस्तित्व के होला ? भन्ने प्रश्न खडा भएको छ ।  जैविक विविधता र पारिस्थितिकीय प्रणालिको संरक्षणका लागि सिमसारको महत्व हुन्छ । रामसार क्षेत्रमा सुचिमा सुचिकृत यस्ता सम्पदाको संरक्षण गर्नु हरेक नागरीकको कर्तव्य हो । सिमसार क्षेत्रको संरक्षणका लागि स्थानीय सरकार र केन्द्र सरकारले विशेष ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ ।। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist