Friday, May 17, 2024

आजको मिति: २०८१ जेष्ठ ४ ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
कानुनी सचेतना कार्यक्रम सम्पन्न
नवलपुरमा गैँडा र पाटे बाघ मृत फेला
ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु
वनमा आगो लगाउने एक जना पक्राउ
खोलामा डुबेर बेपत्ता बालकको शव फेला
Next
Prev

जातकै कारण झुठा मुद्दा लगाईनु दुखद् मूख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मूख्यमन्त्री सुरेन्द्र पाण्डेले जातीय विभेदका कारण दलित युवामाथि झुठा मुद्दा लाग्नु गलत भएको बताएका छन् । बागलुङका युवा प्रभात बोसेललाई अन्तरजातीय विवाह गरेकै कारण युवतीलाई दबाब दिएर उनको परिवारले ‘अपहरण’ र ‘जबरजस्ती करणी’को मुद्दा हाल्ने कुरा गम्भीर भएको उनले बताए ।
‘प्रभात बोसेलको विषयमा मैले सुनेको चाहीँ हुँ । र, यो विषयमा यसको अन्तर्य बुझेर के कसरी मुद्दा चलाईएको छ भन्ने विषयमा मेरो तर्फबाट गम्भीर चासो हुनेछ ।’ सोमबार आवाज नेपाल नामक संस्थाको ज्ञापनपत्र बुझ्दै मूख्यमन्त्री पाण्डेले भने–‘दलितलाई विभेद गरिएको पाईएमा सरकारको तर्फबाट विभेदकारीलाई कारबाही गर्ने वातावरण बनाउनेछौं ।’
प्रभात बोसेललाई फँसाउन म्याग्दीका नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनीधि देवेन्द्र घिमिरे नै लाग्नु अझ दुखद भएको उनको भनाई थियो । उनै देवेन्द्रकी छोरी प्रिती घिमिरेसँग प्रभातले २ वर्ष अगाडि विवाह गरेका थिए । यद्यपि लामो समयपछि अहिले आएर परिवारको दबाबमा प्रितीले आफ्नै श्रीमानको विरुद्धमा जबरजस्ती करणी र अपहरण मुद्दा हालेकी छन् । यसअघि म्याग्दी प्रहरीको हिरासतमा रहेका बोसेललाई प्रहरीले थप अनुसन्धानका लागि भन्दै जिल्ला प्रहरी कार्यालय कास्की ल्याएको छ ।
साथै पाण्डेले कुनै पनि वहानामा झुठा मुद्दा लगाएर दलित समुदायमाथि थिचोमिचो भएको छ भने सरकारलाई जानकारी गराउन आह्वान समेत गरे । दलित युवाहरुको संस्था ‘आवाज नेपाल’ले प्रभात बोसेललाई जातीय विभेद गरि झुठा मुद्दामा फँसाउन लागिएको भन्दै मूख्यमन्त्रीको ध्यानकर्षण गराएको थियो ।
मूख्यमन्त्रीलाई ध्यानाकर्षणसहितको ज्ञापन पत्र बुझाउँदै आवाज नेपालले तत्काल बोसेललाई विनाशर्त रिहा गर्न माग समेत गरेको छ । साथै गण्डकी प्रदेशका कारागारमा रहेका झुठा मुद्दा खेपिरहेका दलित युवाहरुलाई पनि तत्काल रिहा गर्नुपर्ने माग आवाज नेपालले राखेको छ । साथै आवाज नेपालका अध्यक्ष प्रकाश सुनारले दलित सम्बन्धि विधेयकमा समुदायको लागि विशेष अधिकारहरु समावेश गर्न गण्डकी प्रदेश सरकारलाई आग्रह समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist