Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • शिक्षा/स्वास्थ्य
TRENDING
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

काठमाडौं विश्वविद्यालयको २८ औँ दीक्षान्त दिवस

आइतबार दिउँसो धुलिखेलमा काठमाडौं विश्वविद्यालयको २८ औं दीक्षान्त समारोह सम्पन्न भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताए । प्रधानमन्त्री दाहलले विश्वविद्यालयमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने र स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने बताएका हुन् ।
दीक्षान्त समारोहमा प्रधानमन्त्रीले भने, ‘‘हाल सञ्चालनमा रहेका सबै विश्वविद्यालय र उच्च शैक्षिक संस्थाले पठनपाठन र अनुसन्धानको शैली परिवर्तन गर्न आवश्यक छ । खासगरी विश्वविद्यालयमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने हुन्छ । स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने हुन्छ । अनुसन्धानले समाजमा प्रभाव र परिवर्तन ल्याउन नसक्दा साधन र स्रोतको सही सदुपयोग हुँदैन ।
काठमाडौँ विश्वविद्यालयबाट उत्पादित शैक्षिक जनशक्तिमध्ये १३ प्रतिशतभन्दा बढी दीक्षितहरू ५५ भन्दा बढी मुलुकका विदेशी नागरिकहरू भएको जानकारी पाउँदा  नेपाललाई दक्षिण एसिया क्षेत्रकै आकर्षक शैक्षिक हब बनाउने सम्भावना केवल स्वैरकल्पना मात्र नभएर वास्तविकतामा रूपान्तरण गर्न सकिने वस्तुगत यथार्थ हो भन्ने तथ्य स्थापित गरेको छ । हाम्रो परम्परागत वैभव, सीप, संस्कृति र मान्यतालाई समाहित गरेर यस विश्वविद्यालयले डिजाइन गरेकाका योगिक साइन्स एन्ड वेलबिङ्, क्राफ्ट्स एन्ड डिजाइन, इन्डोजेनस नलेज, बुद्धिस्ट स्टडीजस्ता उच्चशिक्षाका कार्यक्रमहरूले नेपाली मूल्य र पहिचानलाई संरक्षण गर्नुका साथै हाम्रा मौलिक ज्ञान र सीपलाई जीवनयापन एवम् जीविकोपार्जनसँग जोड्न अवश्य नै सघाउने छ ।
यस विश्वविद्यालयले अनुसन्धान गरिरहेको भविष्यको इन्धनका रूपमा पहिचान गरिएको  ग्रीन हाइड्रोजनको उत्पादन, आर्टिफिसिअल इन्टेलिजेन्स, आधुनिक प्रविधिमा आधारित कृषि  विज्ञान, हिमालय क्षेत्रको पर्यावरणको अध्ययनमा समर्पित ग्लेसियोलोजी, चिकित्सा र प्रविधिलाई समायोजन गर्ने हेल्थ–इन्फम्र्याटिक्स लगायतका विषयहरूको अध्ययन–अध्यापन, खोज–अनुसन्धान एवम् प्रकाशन–प्रचारले मुलुकको आर्थिक विकास, सामाजिक पुँजी निर्माण र आमनागरिकको जीवनस्तर उकास्न प्रत्यक्ष योगदान दिनेछ । धरोहर र भविष्यमुखी ज्ञान समिश्रणको यो अभ्यास वास्तवमा नै युगसापेक्ष र महत्वपूर्ण छ । विश्वविद्यालयबाछ १२०० भन्दा बढी स्नातकहरू दिक्षित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist