Friday, May 17, 2024

आजको मिति: २०८१ जेष्ठ ४ ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
कानुनी सचेतना कार्यक्रम सम्पन्न
नवलपुरमा गैँडा र पाटे बाघ मृत फेला
ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु
वनमा आगो लगाउने एक जना पक्राउ
खोलामा डुबेर बेपत्ता बालकको शव फेला
खडेरीले बाली सुक्न थाल्यो, किसान चिन्तित
Next
Prev

पोखरामा ३ दिनदेखि सडकमै थुप्रियो फोहोर

पोखरा महानगरपालिकामा ३ दिनदेखि फोहोर उठेको छैन । महानगरको बजार क्षेत्रको सडक छेउमा थुप्रिएको फोहोर शुक्रबारदेखि नउठेको हो ।
ल्यान्डफिल साइटमा फोहोर पुर्न महानगरले भाडामा लिएको एक्साभेटरको इन्धन मूल्य नपाएपछि फोहोर नउठेको सरसफाइ शाखा प्रमुख कल्पना बरालले जानकारी दिइन् । गत फागुन १५ देखि वैशाख १५ सम्मको रकम भुक्तानी गर्न बाँकी रहेको उनको भनाइ छ ।
महानगरले एक्साभेटरको मासिक ४ लाख रूपैयाँ भाडा तिर्ने र इन्धन घण्टाको आधारमा दिने सम्झौता भएको सरसफाइ शाखा प्रमुख बरालले बताइन् । ‘दिनुपर्ने पहिला नै हो । आकस्मिक हिसाबमा काम गर्न पर्छ । खरिदको सिस्टम मिल्दैन । लेखाले दिन गाह्रो मान्छ,’ बरालले भनिन्, ‘नदिइ फोहोर उठ्दैन ।’
लामेआहालका बुद्धिमान गुरुङको एक्साभेटर भाडामा लिएर महानगरले फोहोर पुर्दै आइरहेको थियो । गत पुसदेखि महानगरपालिकाको फोहोर पोखरा महानगरपालिका–३२ लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा फोहोरमैला व्यवस्थापन हुँदै आइरहेको छ ।
गत ३ दिनदेखि फोहोर नउठेसँगै पोखराका बजार क्षेत्रमा दुर्गन्धित बनेको छ । सडक छेउमा थुप्रिएको फोहोरले बजार क्षेत्रनै दुर्गन्धित बनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist