पोखरा–१० रामबजारमा अवस्थित कालिका मा.वि.सदन स्तरिय हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा कक्षा चार देखी कक्षा दश सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई जुनियर र सिनियर गरी दुई समुहमा बिभाजन गरी कार्यक्रम संचालन गरिएको थियो । कक्षा चार देखी कक्षा छ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई जुनियर समुह र कक्षा सात देखी कक्षा दश सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई सिनियर समुहमा राखी कार्यक्रम संचालन गरिएको थियो ।
सिनियर तर्फको हाजिरीजवाफ मा रातो सदन प्रथम, निलो सदन द्वितीय, हरीयो सदन तृतीय र पहेलो सदनले सान्तोना स्थान हासिल गरेका थिए त्यसैगरी जुनियर तर्फको हाजिरीजवाफ मा पहेलो सदन प्रथम, निलो सदन द्वितीय, रातोे सदन तृतीय र हरीयो सदनले सान्तोना स्थान हासिल गरेका थिए । जुनियर तर्फको कार्यक्रमको संचालन शिक्षक लेकमाया पुनले गर्नुभएकाृ थियो भने क्विज मास्टरको भुमिका रानु थापाले गर्नुभएकाृ थियो । सिनियर तर्फको कार्यक्रमको संचालन शिक्षक शिवजी तिवारीले गर्नुभएकाृ थियो भने क्विज मास्टरको भुमिका कुशल लामिछानेल गर्नुभएका थियो ।
विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक कुशल लामिछानेले संयोजन गरेको कार्यक्रमा विद्यार्थीहरुको उल्यखनिय सहभागिता रहेको थियो । संयोजक लामिछानेले विद्यार्थीको चौर्तफि बिकासको लागी यस्ता अतिरिक्त क्रियाकलाप हरुलाई निरन्तरता दिदै जाने बताए ।




