Sunday, May 19, 2024

आजको मिति: २०८१ जेष्ठ ६ ,आईतवार

TRENDING
  Latest
कानुनी सचेतना कार्यक्रम सम्पन्न
नवलपुरमा गैँडा र पाटे बाघ मृत फेला
ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु
वनमा आगो लगाउने एक जना पक्राउ
Next
Prev

विश्व बालश्रम विरुद्ध दिवस–२०२३

विश्व बालश्रम विरुद्ध दिवस–२०२३ का अवसरमा पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा बाल अधिकार मञ्च कास्कीको समन्वयमा सोमबार पोखरामा आयोजित बालश्रम उन्मूलन बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बालश्रमलाई गम्भीर रुपमा लिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
कार्यक्रममा सहभागीहरूले कानूनको फितलो कार्यान्वयनका कारण बालश्रम न्यूनीकरणमा कठिनाइ भएको बताएका हुन् । कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता प्रिति पाण्डेले महानगरका ३३ वटै वडामा ७ सय १३ बालक र १ सय ८८ बालिका गरी ९ सय २१ बालबालिका श्रमिकका रुपमा भेटिएको तथ्यांक पेश गरिन् । होटल तथा रेष्टुरेन्ट, वर्कसप, फर्निचर, बालुवाखानी तथा निर्माण क्षेत्रमा बालश्रमिक बढी पाइएको उनले बताइन् । पोखरा महानगरपालिकाका सामाजिक विकास महाशाखाका बालकल्याण अधिकृत विष्णुमाया पौडेलले महानगरले बालबालिकाका क्षेत्रमा कामगरेपनि अपेक्षाकृत उपलब्धि हाँसिल हुन नसकेको स्विकार गरिन् ।
श्रम कार्यालय पोखराका अधिकृत लक्ष्मण बरालले प्रदेशका ११ वटै जिल्लामा कार्यालयले काम गर्दै आएको भन्दै २०५६ को कानूनमा परिमार्जन गर्नु आवश्यक भएको बताए । सानालाई काममा लगाउँदा न्युन तलब दिएपनि हुने तर ठूलालाई धेरै तलब दिनुपर्ने भएकाले पनि बालश्रम नघटेको उनले उल्लेख गरे ।
पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले सरकारले बालश्रम न्यूनीकरणका लागि बजेट नै नछुट्याउँदा समस्या भएको गुनासो गरे । यसलाई सामूहिक एजेण्ड नै बनाएर लैजानुपर्नेमा उनको.जोड छ । पोखरा उद्योग बाणिज्य संघ बालश्रम न्यूनीकरणका अध्यक्ष राजेन्द्रकुमार लालचनले २०५६ देखि औद्योगिक क्षेत्रबाट सुरू गरिएको यो अभियानले सार्थकता पाएको दाबी गरे । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीका संयोजक शिव खकुरेलले गरिबीका कारण बालश्रमिकहरूको संख्यामा वृद्धि हुँदै गएको भन्दै स्थानीय सरकारले.प्रभावकरी भूमिका निभाउनुपर्ने बताए ।
कार्यक्रममा शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विना सिलवाल, गैरसरकारी संस्था महासंघ गण्डकीका कार्यबाहक अध्यक्ष पदमराज पहारी, महासंघ कास्कीका अध्यक्ष बुद्धि थापा, नेपाल बाल संगठन कास्कीका अध्यक्ष बामदेब ढुंगाना, किडासा नेपालका प्रमुख कृपासुर निरौला, जिल्ला प्रहरी कार्यालय कास्कीका इन्सपेक्टर समिक्षा घिमिर, बालमञ्च पोखराका अध्यक्ष सन्ध्या श्रेष्ठ लगायतले सबैको सामूहिक प्रयासले मात्र बालश्रम न्यूनीकरण सम्भव भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist