Sunday, May 19, 2024

आजको मिति: २०८१ जेष्ठ ६ ,आईतवार

  • शिक्षा/स्वास्थ्य
TRENDING
  • शिक्षा/स्वास्थ्य
  Latest
कानुनी सचेतना कार्यक्रम सम्पन्न
नवलपुरमा गैँडा र पाटे बाघ मृत फेला
ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु
वनमा आगो लगाउने एक जना पक्राउ
Next
Prev

अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस

हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ । दिवसको उद्देश्य भनेको विश्व समुदायलाई लागु औषधको असर र कारोबारबाट मुक्त गराउनु हो ।
वर्ष २०२३ को अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस को नारा जीवन बचाऔँ भन्ने अर्थ लाग्दछ । यो विषय लागू औषध दुरुपयोग र सम्बन्धित स्वास्थ्य समस्याहरू रोक्न लागू औषध र यसको प्रभावहरूको बारेमा सही जानकारी प्रदान गर्ने महत्वमा केन्द्रित छ ।
विश्वमा अधिकांश लागु औषधका प्रयोगकर्ता अनि कारोबारीहरू युवा नै छन् किनभने यो उमेरमा मान्छेहरू अत्यन्त जोखिम अनि तरल अवस्थामा हुने गर्दछन् भनेर मनोविज्ञहरुले बताउँदछन् । अझ थोरै समयमा धेरै पैसो कमाउने लालसा अनि नशाको लतले त झन् युवाहरूलाई जोखिमको घेरामा राखिरहेको पाइन्छ । विश्वमा गएको शताब्दीबाट लागु औषधको कारोबार धेरै बढेको पाइन्छ, लागु औषधको असन्तुलित प्रयोगले मात्र विश्वमा हरेक वर्ष १९०००० को मृत्यु भएको तथ्याङ्क देख्न सकिन्छ भने यसको प्रयोग गर्ने मान्छेहरूको सख्याँ यकिन गर्न सक्ने अवस्थामै छैन । लागु औषध कारोबारले अपराध र अराजकता निम्त्याउने पक्का त छ नै साथै विभिन्न रोगहरू जस्तै एचआइभी, हेपाटाइटिस लगायतहरु पनि यस कारणले पनि सर्ने गर्दछ ।
डाक्टरी कागजको उपयोग गरेर विभिन्न लागु औषध किनेर खाने र सुई हान्नेको जमात पनि नेपालमा बढ्दो छ जुन अत्यन्त दुक्खलाग्दो कुरा हो । सडक बालबालिकाले डेन्ड्राइट नामक सुँघेर नशा लाग्ने तत्त्वको प्रयोग खुलेआम गरिँदा पनि प्रशासन लगभग मौन नै देखिन्छ । आजको यस विशेष दिन अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसमा नेपाली सरकार, समुदाय अनि सरोकारवालाले यस विषयमा संवेदनशीलताका साथ हातेमालो गर्नुपर्ने देखिन्छ ।
चुरोटका ठुटा वाट खोक्दै सुरु गरेको नशा यात्रा गएर कहाँ अनि कति पर सकिन्छ थाहा हुँदैन, जीवनमा रस खोजौँ नशामा हैन भन्ने कुराको जानकारी सबैलाई गराउन पर्ने देखिन्छ ।
आजको दिन हामी सबैले लागु औषधको कारोबार र तस्करका विरुद्ध एक हुन पर्ने अनि त्यसै अनुसारको कानुन र त्यसको प्रभावकारी पालनका लागि पैरवी गर्नु पर्ने देखिन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist