पोखरा महानगरपालिका वडा नं १० बाल क्लब को आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो । पोखरा महानगरपालिका वडा नं १० मा रहेको कालकिा मा. बि. सम्पन्न उक्त कार्यक्रममा कुडहर आ.बि. पोखरा १० र कालकिा मा. बि. पोखरा १० का बिधार्थीहरूको सहभागिता रहेको थियो। पोखरा महानगरपालिका बाल क्लबका सदस्य प्रकाश अर्यालको प्रमुख आतित्थ्यता सम्पन्न कार्यक्रम ३५ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
बालबालिकाका अधिकार तथा कर्तव्य र साइवर अपराध नियन्त्रणमा बालबालिकाका भुमिका भन्ने बिषयमा भएको वक्तृत्वकला प्रतियोगितामा सन्धु चौधरी प्रथम, निर्जला नेपाली दितिय, महेन्द्र खत्री तृतीय र केन्जल सुनार र अनिषा गुरुङले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले गरिएको कार्यक्रम पोखरा महानगरपालिका वडा नं १० बाल क्लबका अध्यक्ष गणेश वाग्ले सभापतीत्वमा सम्पन्न भएको थियो ।
प्रतियोगिताको मूल्याङ्कनमा कालकिा मा. बि. शिक्षक रामप्रसाद गौतम अर्जुन बहादुर कार्की र मनकुमारी पौडेल रहनुभएको थियो। कार्यक्रममा बिशेष अतिथी कालकिा मा. बि. का प्र. अ. बलराम गिरी र कुडहर आ.बि. प्र. अ. नन्द किशोरले बिधार्थीहरूको प्रस्तुतीकरणको प्रशंसा गर्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षक ज्ञान बहादुर थापाले गर्नुभएको थियो ।
