Wednesday, March 12, 2025

आजको मिति: २०८१ फाल्गुन २८ ,बुधबार

  • समाचार
  • रोचक जानकारी
TRENDING
  • समाचार
  • रोचक जानकारी
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

कोलीय गणराज्यको दरबार क्षेत्रमा प्राचीन इनार भेटियो

गौतमबुद्धको मावली क्षेत्र रुपन्देहीको देवदहस्थित प्राचीन दरबार रहेको दाबी गरिएको खयरडाँडामा प्राचीन इनार र मध्यकालीन अवशेष भेटिएको छ ।
लुम्बिनी विकास कोषले देवदह –९ खयरडाँडामा गरेको उत्खननमा प्राचीन इनार र मध्यकालीन भवनको अवशेष भेटिएको हो । गत जेठ १७ गतेदेखि सुरु गरी असार १५ गतेसम्म करिब एक महिनासम्म गरिएको उत्खननबाट प्राचीन इनार र धार्मिक प्रयोजनका लागि निर्माण गरिएको हुनसक्ने सभाहलमा प्रयोग गरिएका इट्टा, माटोको दियोहरू भेटिएको लुम्बिनी विकास कोषका पुरातत्त्व महाशाखा प्रमुख हिमाल उप्रेतीले बताए ।
‘प्राचीन इनारको प्रष्ट आकार देखिएको छ, धर्मदेशना गर्न निर्माण गरिएको हुनसक्ने भवनको संरचनामा प्रयोग गरिएको २ साइजका इट्टा भेटिएको छ’ पुरातात्वविद् उप्रेतीले भने, ‘मध्यकालीनजस्तो देखिने इट्टा भेटिएको हो, तर काल निर्धारणका लागि परीक्षणपछि पुष्टि हुनेछ ।’ उत्खननमा ठुलो पर्खालको संरचना, माटोका दियोको पिँध, इट्टाहरू प्रशस्त भेटिएको छ ।
पुरातात्वविद् उप्रेतीका अनुसार भेटिएका संरचनाका आधारमा खयरडाँडामा कुनै समयमा धार्मिक प्रयोगका लागि ध्यान केन्द्र वा कुनै ठुलो भवन भएको अनुमान गर्न सकिन्छ । स्थानीयहरूले भने देवदह –९ घोडाहास्थित खयरडाँडा क्षेत्र नै गौतमबुद्धको मावली कोलीय गणराज्यको राजधानीको दरबार क्षेत्र भएको बताउँदै आएका छन् ।  
उत्खननमा केही प्राचीन इनारसँगै ध्यानकेन्द्रजस्तो देखिने भवनको पर्खाल, पूजाका लागि राखिएका दियोहरू भेटिएकाले देवदहको दाबीलाई बल पुगेको छ । तर, प्राचीन कोलीय गणराज्यको राजधानी देवदह क्षेत्रको पुष्टिका लागि भने ठुलो मात्रामा उत्खननको आवश्यकता रहेको विज्ञहरूको भनाइ छ ।
लामो समयपछि कोषको तर्फबाट उत्खनन् सुरुवात भएकाले देवदहको खोजीका लागि ठुलो आकारको उत्खनन् आवश्यक पर्ने पुरातात्वविद् उप्रेतीको भनाइ छ । लामो समयदेखि देवदह क्षेत्रमा उत्खननको माग भए पनि हुन सकेको थिएन । देवदह क्षेत्रबाटै लुम्बिनी विकास कोषको कोषाध्यक्षमा सिद्धिचरण भट्टराई नियुक्त भएपछि उत्खननलाई विशेष महत्त्व दिदैं वर्षौँपछि उत्खनन् थालिएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist