खराका समाजसेवी पर्शुराम बराल परिवारद्धारा सृजना बालगृहमा अक्षयकोष स्थापनाका लागी पच्चीस हजार पाँच सय पच्पन्न सहयोग गरेका छन् । बरालका छोरा प्रवेश बराल र बुहारी सुमना बरालको वैबाहिक वर्षगाँठको अवसरमा सहयोग गर्न पाउँदा खुशी भएको बरालले बताए ।
सृजना विकास केन्द्र द्धारा २०६४साल मा स्थापित बालगृहमा हाल १६ जना बालबालिका पूर्ण आश्रित रहेको बालगृह संयोजक सोमनाथ बरालले बताए ।
२०३७ साल देखि शैक्षिक, सामाजिक महिला उद्यमी कार्य सहित सामाजिक कार्य गर्दै आएको संस्थाले बालगृह सङ्गै महतगौँडामा खानेपानी परीयोजना संचालन गर्दै आएको केन्द्रका अध्यक्ष कृष्ण बहादुर थापा थापाले बताए ।
सहयोग वितरण कार्यक्रममा केन्द्रका सल्लाहाकार सभापति गणेश बहादुर अधिकारी, प्रथम उपाध्यक्ष कृष्णमान ठुसाजु, सचिव भिम सुवेदी, कोषाध्यक्ष कृष्ण प्रसाद बराल, केन्द्रका प्रमुख दिलिप सुवेदी लगाएतले बालगृहको विविध पक्षमा आ आफ्नो भनाई राखेका थिए ।
द्धन्द पिडित तथा अभिभावक विहिन बालबालिकाका लागी स्थापित बालगृहका लागी सहयोग तथा अक्ष्यकोष निर्माणमा सहयोग गर्न आम समुदाय, सामाजिक संघ संस्थालाई आहृवान गरिएको छ ।