Sunday, May 19, 2024

आजको मिति: २०८१ जेष्ठ ६ ,आईतवार

  • समाचार
TRENDING
  • समाचार
  Latest
कानुनी सचेतना कार्यक्रम सम्पन्न
नवलपुरमा गैँडा र पाटे बाघ मृत फेला
ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु
वनमा आगो लगाउने एक जना पक्राउ
Next
Prev

तीजलाई भड्किलो नबनाउन जिल्ला प्रशासन कार्यालय कास्कीको अनुरोध

नेपाली महिलाहरुको महान पर्व हारितालिका तीज नजिकिँदै छ । जिल्ला प्रशासन कार्यालय कास्कीले तीजलाई लक्ष्य गर्दै तडकभडकपूर्ण कार्यक्रम नगर्न अनुरोध गरेको छ ।
मङ्गलबार सूचना निकालेर कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले तीजमा परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संवर्द्धन गर्ने बाहेकका कार्यक्रम नगर्न अनुरोध गर्नुभएको हो ।
हिन्दु महिलाको पर्व हरितालिका तीज यो वर्ष असोज १ गते परेको छ । तीज आउनु एक, डेढ महिनाअघि नै दरका नाममा भोजभतेर भइरहेका छन् । हरितालिका तीज व्रतको अघिल्लो दिन दर खाने चलन छ । एक दिन घर, माइतमा पुगेर खाइने मिष्टान्न भोजनको नाममा महिनाभर भोज गर्नु अनुचित भएको नारी जागरण अभियान गण्डकी संयोजक अञ्जु केसी बताइन ।
अभियानको टोलीले सोमबार प्रमुख जिल्ला अधिकारीलाई भेटेर तीज लक्षित भड्किला कार्यक्रम रोक्न पहल गर्ने माग गरेको थियो । सार्वजनिक स्थल, पार्टी प्यालेसमा तीजको नाममा रकम सङ्कलन गर्ने उद्देश्यले मेला, महोत्सव नगर्नसमेत प्रशासनले निर्देशन दिएको थियो ।
जिल्ला प्रशासन कार्यालय कास्कीको सूचनामा कसैले सूचना विपरीत गरे–गराएमा प्रचलित कानुन बमोजिम कारबाही हुने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist