Sunday, May 19, 2024

आजको मिति: २०८१ जेष्ठ ६ ,आईतवार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
विन्ध्येश्वरी आदर्श स्कुलमा स्कुल क्याप्टेन चयन
कानुनी सचेतना कार्यक्रम सम्पन्न
नवलपुरमा गैँडा र पाटे बाघ मृत फेला
ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु
वनमा आगो लगाउने एक जना पक्राउ
Next
Prev

पोखरामा बाघ जात्रा हुने

नेवार समुदायमा प्रचलित जात्राको पनि जात्रा ऐतिहासिक बाघजात्रा पोखरामा २३ वर्षपछि प्रदर्शन हुने भएको छ ।
बाघजात्रा आयोजक समिति पोखराले आगामी १८, १९ र २० गते पोखराको चोकचोकमा विभिन्न समुदायको सहभागितामा बाघजात्रा निकालिने पत्रकार सम्मेलनमा बताइएको हो । पोखरामा २३ वर्षपछि १८ गते देखि २० गते सम्म बाघ जात्रा देखाइँदै छ ।  बाघ जात्रा आयोजक समिति २०८० का संयोजक जवाहरलाल श्रेष्ठले कलाकारहरू अहिले जात्राको तयारीको अन्तिम चरणमा रहेको  जानकारी दिए ।
पहिलो दिन गणेश टोल, मोहरिया टोल हुँदै बगरक्षेत्र, दोस्रो दिन पृथ्वीचोक र तेस्रो दिन पोखरा रङ्गशालामा जात्रा देखाइने जनाइएको छ । लेखक रवीन्द्र माकाजूले जात्रा पोखराकै प्रतिष्ठाको विषय भएको बताउँदै जीवनमा एक पटक हेर्नैपर्छ भन्नेहरू धेरै रहेको सुनाए । यसपालिको बाघ जात्रामा सहभागी हुन भक्तपुर नगरपालिकाले ५० जनाको ‘घिन्ताघिसी’ जात्रा टोली पोखरा पठाउँदै छ । बागलुङबाट हनुमान नाच देखाउने टोली पनि आउँदै छ ।
जात्राको सुरुआत मानिस र बाघको द्वन्द्वसँग जोडिएको छ । बाघको हैरानी र डरबाट मुक्ति भएको दिनको सम्झनामा जात्रा बनाइएको संयोजकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist