पोखरा २४ कास्कीकोटका युवाहरूको संस्था हाम्रो कास्कीकोट युवा संजालले आइतबार रक्तदान र एकल सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरि आफ्नो सातौं वार्षिकोत्सव मनाएको छ । रक्तदान कार्यक्रममा कुल २७ युनिट रगत संकलन भएको रक्तदान कार्यक्रमका संयोजक तिर्थ राज अधिकारीले जानकारी दिए ।

त्यसैगरी एकल सांस्कृतिक नृत्य प्रतियोगितामा कुल २२ प्रतियोगीले भाग लिएका थिए । उक्त नृत्य प्रतियोगितामा करुणा अधिकारी प्रथम नेन्सी परियार द्वितीय र प्रमिला अधिकारीले तृतीय स्थान हासिल गरेका थिए । प्रतियोगिताको निर्णयक संयोजकमा मेरील्याण्ड किड्स मन्टेश्वरी पोखरा –१५, रामबजारकी प्रिन्सिपल सिता तिमिल्सिना सुबेदी, सदस्यमा बाल अधिकार नेपालकी कोषाध्यक्ष सिर्जना घिमिरे र कालिका मा.बि पोखरा–२४, मान्द्रेढुङ्गाका शिक्षिका शान्ती लामिछाने गिरी रहेको कार्यसमिति सदस्य तथा नृत्य प्रतियोगिता कार्यक्रमका सह संयोजक सुर्य भट्टराई जानकारी दिए ।
प्रथम द्वितीय र तृतीय हुनेलाई प्रमाणपत्रको साथमा क्रमशः नगद सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
हाम्रो कास्कीकोट युवा संजालले स्थापनाकालदेखि नै विविध सामाजिक एवं रचनात्मक कार्यक्रम गर्दै आईरहेको र आगामी दिनमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिईने संजालका संयोजक विशाल तिमिल्सिनाले जानकारी दिए ।
