Saturday, May 18, 2024

आजको मिति: २०८१ जेष्ठ ५ ,शनिबार

  • शिक्षा/स्वास्थ्य
  • रोचक जानकारी
TRENDING
  • शिक्षा/स्वास्थ्य
  • रोचक जानकारी
  Latest
कानुनी सचेतना कार्यक्रम सम्पन्न
नवलपुरमा गैँडा र पाटे बाघ मृत फेला
ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु
वनमा आगो लगाउने एक जना पक्राउ
Next
Prev

एसओएस गण्डकीमा बृहत् विज्ञान प्रदर्शनी

पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा बृहत् विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित उक्त प्रदर्शनी विज्ञान विभाग र एसओएस गण्डकीमा क्रियाशील सूचना तथा सञ्चार क्लबको आयोजनामा सम्पन्न भएको हो । नेपाल भौतिक शास्त्र समाज गण्डकी प्रदेशका अध्यक्ष डा. कृष्णराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त प्रदर्शनीमा विज्ञान विषयसँग सम्बन्धित सामग्रीहरू प्रदर्शन गरिएका थिए ।
विद्यार्थीको लघुअनुसन्धान र प्रयोगात्मक परियोजनामा आधारित सामग्री नै प्रदर्शनीका प्रमुख आकर्षण थिए । उनीहरूले आफ्ना प्रदर्शनीहरूलाई दैनिक र व्यावहारिक प्रयोजनसँग जोडेर प्रस्तुत गरेका थिए । वर्तमान अवस्थामा तीव्र सहरीकरण र औद्योगिकीकरणले निम्त्याएको पर्यावरण असन्तुलनलाई समेत प्रदर्शनीको अर्काे विषय बनाइएको थियो । भौतिक विज्ञान, जीव विज्ञान, रसायन विज्ञान र अन्तरिक्ष विज्ञानका विभिन्न वैज्ञानिक सिद्धान्तमा आधारित चाप, गति, बल, शक्ति, सौर्यऊर्जा, विद्युत्, चुम्बक, प्रकाश, ध्वनि, पर्यावरण, अन्तरिक्ष, सुरक्षा संवेदनशीलता, जैविक विविधता, हरित सहर, जल प्रशोधन प्रक्रिया, थोपा सिँचाइ, विभिन्न यान्त्रिक उपकरणहरूको उपयोगितालगायतका क्षेत्रको विविधतापूर्ण प्रस्तुति प्रदर्शनीमा समावेश गरिएको थियो ।
प्रदर्शनीका लागि विद्यार्थीहरूले झन्डै दुई महिना लगाएर आफ्ना परियोजनाहरू तयार पारेका थिए । विविध क्षेत्रका आगन्तुक अभ्यागतका साथै पोखराका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले समेत प्रदर्शनीको अवलोकन गरेका थिए । विद्यार्थीहरूको एकल, युगल र सामूहिक प्रस्तुति रहेको उक्त प्रदर्शनीमा विविध क्षेत्रका जम्मा ७० स्टल समावेश गरिएको थियो ।


आधारभूत र माध्यमिक तह गरी दुई समूहमा आयोजित उक्त प्रदर्शनीको माध्यमिक तहमा पनि कक्षा ९ र १० तथा ११ र १२ का विद्यार्थीहरूले छुट्टाछुट्टै प्रदर्शनी गरेका थिए । प्रदर्शनीमा विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएका परियोजनामूलक स्टलहरूको मूल्याङ्कन गण्डकी विश्वविद्यालयका डिन डा. कपिल अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय क्याम्पसका उपप्राध्यापक दीपेश कार्की तथा गण्डकी बोर्डिङ स्कुलका वरिष्ठ विज्ञान शिक्षक लक्ष्मीनन्द ढकालले गरेका थिए ।
प्रदर्शनीमा आधारभूत तहतर्फ संयम सुवेदीले प्रथम, नेरिन बराल र स्मारिका न्यौपानेले द्वितीय, मोहम्मद अनिशले तृतीय तथा सरगम सुवेदीले सान्त्वना स्थान हासिल गरेका थिए । त्यस्तै माध्यमिक तहअन्तर्गत कक्षा ९ र १० मा विशाल मरासिनीको समूहले प्रथम, मञ्जुश्री अधिकारीको समूहले द्वितीय, युगल पुनको समूहले तृतीय तथा अनन्त आचार्यको समूहले सान्त्वना स्थान हासिल गरेका थिए भने कक्षा ११ र १२ मा राजीव रोकाले प्रथम, समीप रेग्मीले द्वितीय, रोजी घिमिरेले तृतीय तथा भुवन अर्याल र सुयोग कोइरालाले सान्त्वना स्थान हासिल गरेका थिए । त्यस्तै प्रदर्शनीमा आधारभूत तहतर्फ आज्ञा शर्मा र सयुजा रिजाल, माध्यमिक तहतर्फ कक्षा ९–१० मा ईशानेश्वर बाँस्तोलाको समूह र कक्षा ११–१२ प्रणय पौडेलको समूहले उत्कृष्ट प्रयत्नकर्ताको पुरस्कार प्राप्त गरे । विज्ञान प्रदर्शनीमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदी तथा प्रदर्शनीका निर्णायकहरूले संयुक्त रूपमा नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

विज्ञानका सैद्धान्तिक कुराहरूलाई प्रायोगिक विधिबाट सिकाउने वातावरण सिर्जना गराउन तथा वास्तविक जीवनमा तिनीहरूको उपयोगिताका बारेमा विद्यार्थीहरूलाई प्रशिक्षित गर्दै उनीहरूलाई लघुअनुसन्धानतर्फ अभिप्रेरित गर्ने मान्यताबाट प्रेरित भएर एसओएसले बृहत् विज्ञान प्रदर्शनी आयोजना गरेको विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले बताए । विद्यालयको विज्ञान प्रदर्शनीलाई बृहत् स्वरूप दिएर सफल पार्न अहोरात्र समर्पित भएर लागिपर्ने विद्यार्थी तथा शिक्षकहरूको नवप्रवर्तनकारी सोच, धैर्य र लगावप्रति प्रधानाध्यापक सुवेदीले धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण सहयोगी हातहरूप्रति आभार व्यक्त गरे ।
प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल भौतिक शास्त्र समाज गण्डकी प्रदेशका अध्यक्ष डा. कृष्णराज अधिकारीले विद्यार्थीमा सिर्जनशीलता, नवप्रवर्तनकारी सोचका साथै आत्मविश्वासको विकासका लागि यस्ता प्रदर्शनीहरू सहायक हुने बताउँदै निरन्तर रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको एसओएस यस्तै नवीन परियोजनामूलक गतिविधिका कारण धेरै अभिभावक र बालबालिकाको आकर्षणको केन्द्र बन्न सफल भएको बताए ।
विज्ञान प्रदर्शनीको औपचारिक समारोहमा एसओएस युवालय गण्डकीका निर्देशक बाबुराम बराल, विद्यालयका सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेल, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन गण्डकी एकाइका अध्यक्ष टीकाराम सुवेदी, एसओएस बालग्राम गण्डकीकी आमा प्रतिनिधि पार्वती पाण्डेलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । एसओएस स्कुल गण्डकीका रसायनशास्त्रका शिक्षक प्रमोद बरालद्वारा सञ्चालित उक्त समारोहमा विज्ञान प्रदर्शनी–२०८० का संयोजक मिलन खत्रीले स्वागत मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist