Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

मन्टेश्वरी एशोसियसन कास्कीको आठौं वार्षिक साधरण सभा तथा चौथो अधिवेशन सम्पन्न अध्यक्षमा भवानी अधिकारी

मन्टेश्वरी एशोसियसन कास्कीको आठौं वार्षिक साधरण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । एशोसियसनका अध्यक्ष साल्भी मर्सानीको अध्यक्षमा सम्पन्न कार्यक्रम संस्थाका सचिव जर्नादन सुबेदीले गर्नुभएको थियो । कार्यक्रममा गण्डकी बिश्व बिद्यालका कुलपती प्रा.डा.गणेशमान गुरुङ्ग प्रमुख अतिथी रहनुभएको थियो । प्रमुख अतिथी गुरुङ्गले बालबालिकाको समग्र बिकासमा आमा पछिको मुख्य भुमिका मन्टेश्वरी प्रि. स्कुल संचालकको हुने हुँदा बालबालिकाको मनोभावना बुझी उपयुक्त वाताबरण प्दान गर्नुपर्ने र बालबालिकाहरुलाइ सानै उमेर देखी अनुशासन, संस्कार, सस्कृतीको बारेमा पनि सिकाउनुपर्ने बताउनुभयो । कार्यक्रमका बिशेष अतिथी लोकनाथ आचार्यले मन्टेश्वरी प्रि. स्कुलले शैक्षिक गुणस्तरमा जोड दिदै बालबालिकाको सिकाइलाई सहज र दीर्घकालिन बनाउन अभिभावकहरुलाई पनि प्रशिक्षण गर्नुपर्ने बताउनुभयो ।
संस्थाका उपाध्यक्ष साबित्री थापाले शुभकामना मन्तव्य राखेको कार्यक्रममा संस्थाका सचिव जर्नादन सुबेदीले आ.व. २०७९÷२०८० को प्रगती बिबरण प्रतिबेदन र कोषाध्यक्ष रीता पौडेलले आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अरुना शेरचन , निर्वतमान अध्यक्ष मिलन के.सी. र सल्लाहकार कुलप्रसाद सुबेदीले पनि बालबिकास तथा मन्टेश्वरी प्रि. स्कुलका बारेमा आफ्ना भनाइ राख्नुभएको थियो ।

संस्थाका अध्यक्ष साल्भी मर्सानीले आफ्नो कार्यकाल सफल बनाउन महत्वपुर्ण योगदान गर्ने पदाधिकारी, सल्लाहकार तथा बिभिन्न कार्यक्रमक संयोजकहरुलाई सम्मान गर्नुभएको थियो ।
बन्द सत्रमा आ.व. २०७९÷२०८० को प्रगती बिबरण प्रतिबेदन र कोषाध्यक्ष रीता पौडेलले आर्थिक प्रतिबेदन उपर छलफल गरी पारित गरिएको थियो । निर्वाचन प्रकृयाका लागी संस्थाका कानुनी सल्लाहकार अधिवक्ता दयाराम गौतमको संयोजकत्वमा संस्थाका सल्लाहकार कुल प्रसाद सुबेदी र संस्थाका निवर्तमान उपाध्यक्ष साबित्री थापा सदस्य रहेको निर्वाचन समिति गठन गरीएको थियो ।

निर्वाचन समितिको आवश्यक प्रकृयाबाट एन्जल्स मन्टेश्वरीका संस्थापक प्रिन्सिपल भवानी अधिकारीको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको छ ।
समितिको उपाध्यक्षमा लीटील गार्डेन मन्टेश्वरी रिता पौडेल (रितुु) , सचिवमा हेवन्ली गार्डेन मन्टेश्वरीका रीता देवी सुवेदी , सहसचिवमा पोखरा मन्टेश्वरी थिरु थापा र कोषध्यक्षमा बुद्ध मन्टेश्वरीका अप्सरा गौतम निर्वाचित भएका छन् । यस्तै, कार्यसमिति सदस्यमा श्री मन्टेश्वरीका संगीता न्यौपाने अधिकारी, छुनुमुनु किन्डर वर्ल्ड नारायणी कुँवर, होलिल्याण्ड मन्टेश्वरीका गोमा कार्की थापा, मारिया मन्टेश्वरीका मीना सापकोटा बराल, गुड लक मन्टेश्वरी होम एण्ड एकेडेमीका बसन्त न्यौपाने, बिहानी मन्टेश्वरी प्रि. स्कुलका कल्पना रेग्मी, क्रिस्टल इन्टरनेशनल मन्टेश्वरीका रिना पौडेल र किड्स प्याराडाइज मन्टेश्वरीका नन्दा बस्नेत ढकाल (मन्जु) निर्वाचित भएका छन् ।
नव निर्वाचित अध्यक्ष भवानी अधिकारीले शैक्षिक गुणस्तर र सदस्य बिद्यालयहरुको हक हितका लागी सक्दो योगदान गर्ने र सबैलाई समेटी अघि बढ्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist